सिटी सेन्टरमा फेशन शो

Kayara-runway-4 copyकाठमाडौं, २३ माघ । कायरा बुटिकले शनिवार काठमाडौंको कमलपोखरीस्थित सीटी सेन्टरमा ‘कायरा रन वे–४ शीर्षकको फेसन शो’ को आयोजना गरेको छ । उक्त ‘फेशन शो’ मा चर्चित दश जना नेपाली नायिकाहरुले क्याटवाक गरेका छन् ।

फेसन शोमा रीमा विश्वकर्मा, नीता ढुंगाना, वेनिशा हमाल, वर्षा राउत, वर्षा शिवाकोटी, सम्पदा बानिया, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का र छुल्ठिम गुरुङले कायराले तयार पारेका फेशन शो गरेका थिए । नायिकाहरुले एउटा सिक्वेन्सको क्रममा लेहेंगा–चोली तथा वन पिस प्रदर्शन गरेका थिए ।

नीरज तण्डुकारले कोरियोग्राफी गर्ने यो फेसन शोमा एक दर्जन व्यावसायिक मोडलहरुका साथै बालबालिकाहरुले पनि क्याटवाक गरेका थिए । फेसन शोमा विभिन्न ६ वटा सिक्वेन्समार्फत पहिरनहरु प्रदर्शन गरिएको कायरा बुटिककी रोजिना श्रेष्ठले जानकारी दिएकी छन् ।

बालबालिकाहरुले दुई वटा सिक्वेन्समार्फत फेन्सी तथा पार्टी वेयर प्रदर्शन गर्नेछन् भने व्यावसायिक मोडलहरुले सारी, लेहेंगा तथा विन्टर वेयरहरु प्रदर्शन गर्नेछन् । कार्यक्रममा मन्त्र व्याण्डको लाइभ प्रस्तुति रहनेछ भने गायकहरु बालद प्रसाई, कोशिस क्षेत्री, फराज अर्पण, गायिका सुमन गुरुङ आदिले गीत–संगीतमार्फत र कमेडियन महादेव त्रिपाठीको हास्य प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया