काठमाडौं, २३ माघ । विगत एक दशकदेखि स्थापित ‘कन्दरा’ व्याण्डले हालैको वर्षदेखि निकै सक्रियता देखाउन थालेको छ । भर्खरै मात्र हङकङमा लाइभ कन्सर्ट दिएर स्वदेश फर्किएको कन्दरा दक्षिण कोरियामा अर्को लाइभ कन्सर्ट दिन बिहिबार राती कोरियातर्फ लागेको हो ।
कोरियाको सिओल तथा बुसानमा यही आइतबार तथा सोमबार लाइभ कन्सर्ट प्रस्तुत गर्न गायक विवेक श्रेष्ठको नेतृत्वमा कन्दरा ब्याण्ड त्यसतर्फ प्रस्थान गरेको हो । ‘हङकङ पोखरा’, तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘लेककी हे माया’ जस्ता लोकप्रिय गीतहरुले कन्दरालाई जिवन्तता दिइरहेको लामो समयको रिक्ततापछि पुनः जगाउने प्रयास भइरहेको कार्यक्रमका नेतृत्व गरिरहेका विवेक श्रेष्ठले जानकारी दिएका छन् ।
आफ्नो पाँचौं एल्बमलाई आगामी फागुन महिनामा बजारमा ल्याउने जमर्को गरिरहेको कन्दराले यसको बजार व्यवस्थानको जिम्मा स्टेरियो रेकर्डस्लाई दिएको छ । कोरियाको कन्सर्टपछि स्वदेश फर्किएर कन्दराले एल्बमको विमोचन, काठमाडौंको कन्सर्ट तथा अन्य वैदेशिक सांगीतिक टूरलाई निरन्तरता दिने ब्याण्डका प्रवद्र्वक आशिष पराजुलीले बताएका छन् ।
प्रतिक्रिया