गायिका जोस काठमाडौं आउँदै

jossna copyकाठमाडौं । हलिउडका चर्चित गायिका जोस स्टोन नेपाल आउने भएकी छिन् । काठमाडौंमा हुन लागेको जोस स्टोन लाइभ इन काठमाडौं नामक कन्सर्टमा सांगीतिक प्रस्तुती दिन उनी नेपाल आउन लागेकी आयोजकले जनाएको छ ।

आगामी फागुन ६ मा बौद्धस्थित ह्यात रिजेन्सीमा आयोजना हुन लागेको ‘जोस स्टोन लाइभ इन’ काठमाडौंमा उनले आफ्ना चर्चित गीतहरु गाउँनेछिन् । हाल वल्र्ड टुरमा रहेकी हलिउड गायिका स्टोनले राजधानीमा उनको ब्यान्डसहित सांगीतिक प्रस्तुती दिने कार्यक्रम रहेको छ । कन्सर्टबाहेक गायिका स्टोनले च्यारिटी कार्यक्रममासमेत सहभागि हुँदैछिन् ।

कन्सर्टको आयोजना हाउस अफ म्युजिक गर्न लागेको हो । सन् २००१ बाट सांगीतिक यात्रा सुरु गरेकी गायिका स्टोनले माइन्ड बडी एन्ड सोल, इन्ट्रोड्युसिङ जोस स्टोन र वाटर अफ योस सोल लगायत एल्बम ल्याइसकेकी छिन् ।

प्रतिक्रिया