मोर्चा नेता जिम्मेवार बन

संविधान निर्माण प्रक्रिायाबाटै अलग भएर आन्दोलनमा ओलिएको मधेसी मोर्चाका कार्यकर्ता अहिले अन्यौलमा परेका छन् । उनीहरूमध्ये केहीमा अहिले निरासा छाएको छ भने केही अराजक हुन थालेका छन् । जनकपुर र वीरगञ्जका मोर्चाका कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिले यो निरासा र अराजकतालाई पुष्टि गर्छ । कार्यकर्ताले अधिकार प्राप्तिको यत्रो आन्दोलन नेताहरूको अकर्मण्यताले तुहिने स्थितिमा पुगेकोभन्दै निरासा व्यक्त गरेका छन् भने कतिले हतियारबन्द आन्दोलन र पृथकताको वकालत गर्न थालेका छन् । मोर्चाका नेताले आन्दोलनको अवतरण राम्रोस“ग गर्न नसक्दा निश्केका परिणाम निरासा र अराजकता भएको प्रष्ट छ । मोर्चाका नेतामा आन्दोलनको समीक्षा, अवतरण र मुद्दालाई स्थापित गर्ने सुझबुझमा केटौलेपन देखिएकाले यस्तो स्थिति उत्पन्न भएको हो । आन्दोलनको उठान गर्न माहिर देखिएको मोर्चा बैठानमा गैरजिम्मेवार बन्यो । निरासा र अराजकता दुवै राष्ट्रका लागि घातक हुने गर्छन ।

मोर्चाका नेता महन्थ ठाकुरलगायतले अधिकारको आन्दोलन लामो समय चल्ने बताउ“दै कार्यकतालाई निरास नहुन अपील त गरेका छन् तर, उनीहरूको बडिल्याङवेज प्रष्ट भएन । एकस्तरको उचाइमा पुगेको आन्दोलनलाई बीचमै छाडेर नेताहरू संविधानको पहिलो कार्यान्वयनका रूपमा हुन लागेको प्रधानमन्त्री निर्वाचन भोट दिन संसद् छिरे । आफै“ले कोकोहोलो मच्चाएर कराएको प्रतिगामी संविधानको कार्यान्वयनमा सहभागी भए । जेसुकै जलप लगाए पनि यो उनीहरूको संविधानमा सहभागिता नै थियो । यसले कार्यकर्ता र समर्थकमा निरासाको विजारोपण गरेको थियो । त्यसपछि उनीहरू दिल्ली भ्रमणमा गए कार्यकर्ता अझ सशंकित भए । अहिले संविधान संशोधनमा स्वामित्व लिएनन् र त्यसको विारेधमा उत्रन पनि सकेनन् । विस्तारै आन्दोलनमा नेताहरूको सहभागिता पातलिदै“ गयो जस्ले अझ संशय थप्यो । नेताप्रति कार्यकर्ताको विश्वास कमजोर भएकाले नै मोर्चाका नेताले कांग्रेसलाई स्थानीयस्तरको अधिवेशन गर्न नदिएकामा माफी मागे पनि कार्यकर्ताले विरोधमा अराजक गतिविधि कायमै राखे । नेताका बोलीमा एकरूपता नभएकाले समर्थकले समथ छोड्न थाले र कार्यकर्ता एक्लिए अनि सहभागिता पनि थोरैको संख्यामा हुन थाल्यो । यसका कारण लामो समयको बन्दले आजित भएका मधेसकै जनता र व्यापारी चिढिए । यसका कारण नाकामा उपस्थिति कमजोर हु“दा खुलाउन सहज भयो ।

आन्दोलनमा एउटा मान्यता स्थापित भइसकेको छ । त्यो भनेको ‘प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि संघर्ष जारी राख्नु’ मोर्चाले उपलब्धिलाई अस्वीकार ग¥यो । जसले आन्दोलन दिशाविहीन बन्न पुग्यो । कार्यकर्तामा निरासा छायो । यही निरासाले पृथकतालाई मलजल गर्दैछ । पृथकतावादी मौलाए भने वा हतियारबन्द आन्दोलनले ठाउ“ पायो भने देशका लागि त घातक हुन्छ नै स्वयं मोर्चा र मधेसी जनता यसबाट अछुतो रहन सक्दैनन् । यस अर्थ पनि मोर्चाका नेता जिम्मेवार भएर संविधान संशोधनबाट प्राप्त उपलब्धि कार्यकर्तालाई बुझाउन सक्नु पर्छ । यसकासाथै उसले अब पुरा हुन बा“की के के छन् र त्यसका लागि के गर्ने भनेर स्पष्ट मार्गचित्र कार्यकर्ता माझ पस्कनुपर्छ । यसो गर्न मोर्चाका नेतामा इमान्दारिता र जिम्मेवारीपन हुनै पर्छ । जुन अहिले सर्वथा अभाव देखिएको छ ।

प्रतिक्रिया