अस्पतालमा अम्बर

ambar gurung copyकाठमाडौं, २२ माघ । नेपाली राष्ट्रगानका संगीतकार तथा आधुनिक संगीतका एतिहासिक जिवित धरोहर अम्बर गुरुङ अस्पताल भर्ना भएका छन् । लामो समयदेखि मधुमेह, पार्किन्सनलगायतका रोगबाट पीडित गुरुङलाई एक हप्ताअघि बिहिबार दिल्लीस्थित मेदान्त अस्पताल पु¥याइएको छ ।

गुरुङका साथमा उनका छोरा र छोरी अस्पतालमा छन् । नशा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त रिफर गरेको हो । इन्डोस्कोपी, सिटीस्क्यानलगायत परिक्षण गरेपश्चात मात्र उपचार प्रक्रिया थालिने पारिवारिक श्रोतले जनाएको छ ।

प्रतिक्रिया