बन अतिक्रमण बढ्यो

kathकाभ्रे, २२ माघ । जिल्लाको बिकट मानिँदै आएको रोशीपारीको सामुदायिक बन अतिक्रमण हुन थालेको छ । भूकम्पपछि विद्यालय भवन भत्केको भन्दै त्यहाँका स्थानीयले बनको काठ दाउरा काट्न थालेका छन् । काटेको काठहरू निजि प्रयोजनको लागी प्रयोग गरिने गरेको र केही ट्रकमा लोड गरेर बिक्रीसमेत गर्ने गरेको पाइएको छ ।

सिसाखानी ६ नागपोखरी मदनबारीमा वन फडानी भएपछि स्थानीयले करिब दुई महिना अघि जिल्ला प्रसासन कार्यालय र बन कार्यालयलाई निवेदनसमेत बुझाए थिए । आफूहरूको निवेदनउपर कुनै सुनुवाई नभएकाले थप समस्या परेको उनीहरूको भनाइ छ । सो गाउँमा रहेको खोटे सल्लाहसहित अन्य जातको काठ तस्करीमा प्रेम लामा संलग्न रहेको उजुरीमा उल्लेख छ ।

सिसाखानीस्थित दोकर्पाको गणेश निमाविका प्रअ भरत अधिकारी र डिलबहादुर लामा मिली किर्ते कागजात बनाएको पनि उजुरीमा उल्लेख छ । स्थानीय मनोजकुमार लामा, लनाम लामाले दिएको उजुरीमा उनीहरूले विद्यालयको नाममा रातारात किर्ते कागजात बनाएको दाबी गरिएको छ । यस विषयमा जिल्ला वन कार्यालय काभ्रेका डेफो प्रम खनालले केही प्रतिक्रिया दिन चाहेनन् ।

यता, जिल्ला प्रशासन कार्यालय काभ्रेले भने उजरी दिएको दुई महिना बित्नै लाग्दा पनि कुनै छानविन गरेको छैन । उजुरीकर्ताले आफूहरूले २५ मंसिरमै उजुरी गरेको बताएका छन् । जिल्लाको चुरे क्षेत्र, पाँचखाल क्षेत्रलगायतमा बन अतिक्रमण भूकम्पपछि बड्दो क्रममा छ ।

प्रतिक्रिया