काठमाडौं, २१ माघ । नेपालको आदीवासी समुदाय मगर समुदायको फिल्मको नायीका योरुना पुनः ‘नेहा’ मगरको पोखरामा बलत्कार प्रयासपछि हत्या भएको खुलेको छ । गएको मंगलबार उनकौ घर नजिक हत्यागरि फालिएको अवस्थामा फेला परेकी थिइन् । पोखराकै वासिन्दा १९ वर्षिया योरूना पुन ’नेहा’ मगर फिल्म ‘गाउला’ तथा ‘यूँपा’की नायिका हुन् ।
नेपाल मगर संघ कास्कीले जारी गरेको विज्ञप्तिबाट उनी मगर फिल्मकी नायिका भएको खुलेको हो । संघका अध्यक्ष पूर्णबहादुर रानामगरले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै नेहाका हत्याराको तत्काल खोजी र सार्वजनिक गरी कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिमा मगर चलचित्र ‘गाउला’ तथा ‘यूँपा’की नायिका नेहा पुनमगरको हत्या गरिएको घटनाले हामी सम्पूर्ण कस्केली मगर समुदाय स्तब्ध बनेका छौं, हत्यारा जोसुकै भएपनि प्रशासनसमक्ष कडा कारबाहीको लागि जोडदार माग गर्दछौं ।’
बलात्कार प्रयासपछि हत्या गरी फालिएको अवस्थामा नेहाको शव फेला परेको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल नेहाका हत्यारालाई कारबाहीको माग गर्दै अपलोड गरिएका उनको तस्वीरहरू सेयर भइरहेका छन् । प्रहरीले के कारणले उनको हत्या भएको यकिन नगरे पनि प्रारम्भिक अनुसन्धानमा बलात्कार पश्चात हत्या भएको हुनसक्ने अनुमान गरेको छ ।
हत्यकाको विरोधमा बिहिबार कास्किको पोखरामा विभिन्न अधिकारकर्मी तथा स्थानीयवासीले हत्याराको कारबाहीको माग गर्दै ¥याली प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया