१९ चैतमा जन्मभूमि

janma bhoomi copyकाठमाडौं । नयाँ नेपाली चलचित्र ‘जन्मभूमि’ आगामी चैत्र १९ बाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।

निर्माण टिमले नयाँ रिलिज डेटसँगै सामाजिक सञ्जाल युट्युब प्रोमो पनि सार्वजनिक गरेको छ । मोहन निरौलाको लेखन तथा निर्देशनमा बनेको चलचित्र सामाजिक कथामा केन्द्रित छ । राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रूपमा राजनीतिक अतिक्रमण, थिचोमिचो, वाह्य हस्तक्षेप एवं जनजीवनका विविध पक्षमाथि चलचित्र निर्माण गरिएको निर्माण युनिटले जानकारी गराए । चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनु शाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने र मोहन निरौलाको मुख्य भूमिकामा अभिनय गरेका छन् । चलचित्रमा विश्वकै कान्छा निर्देशक तथा बाल कलाकार सौगात विष्ट एवं नव कलाकारको रूपमा जेविका कार्की र अग्रिम गिरी रहेका छन् ।

चलचित्रमा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका चलचित्रलाई अम्बिका गिरीको प्रस्तुतिमा सुरज गिरीले निर्माण गरेका हुन् । (सौस)

प्रतिक्रिया