टेटे टोलीलाई ट्रयाकसुट

tt_bidai copyकाठमाडौं । भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसमा सहभागी हुने नेपाली टोलीलाई कल मोबिलिटीले मंगलबार ट्रयाकसुट प्रदान गरेको छ ।

साग बिदाईको अवसरमा १५ सदस्यीय टोलीलाई कल मोबिलिटीका निर्देशक पुल्कित भीम सेरियाले १ लाख ७५ हजार मूल्य बराबरका ट्रयाकसुट प्रदान गरे । १० खेलाडी, ३ प्रशिक्षक, १ संयोजक र १ निर्णायकलाई ट्रयाकसुट प्रदान गरिएको हो ।
सो अवसरमा टेबलटेनिस संघका केन्द्रीय अध्यक्ष चतुरानन्दराज वैद्य र काठमाडौं जिल्लाका अध्यक्ष धर्ममान वज्राचार्यलगायतले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । (सौस)

प्रतिक्रिया