अवैध काठसहित पक्राउ

katha copyकाभ्रे, १९ माघ । काभ्रे साँगास्थित प्रहरी चौकीले अवैधरूपमा भक्तपुरतर्फ ल्याउँदै गरेको अवैधसहित चालक तथा काठधनीलाई पक्राउ गरेको छ । साँगा प्रहरी चौकी अगाडि सवारी साधानहरू चेकजाँच गर्ने क्रममा भक्तपुर आशापुरी तर्फबाट आइरहेको बा १ ख ३५२१ को महेन्द्र निसान गाडी चेकजाँच गर्दा सो काठ भेटिएको हो ।
गाडीमा

लोड गरी ल्याउँदै गरेको उत्तिसका गोलिया काठमा वनको टाँचा नलागेको र वन कार्यालयको कागजातहरू समेत नभएको अवस्थामा प्रहरीले पक्रेको जनाएको छ । प्रहरीले गाडीचालक रामबहादुर घिसिङ् र काठ धनी जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–११ बस्ने चन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । गाडीमा लोड भएका गोलिया काठ सेट ४७ हजार ९ सय ६४ दशमलव ९४ क्युफिट र सल्ला जातको गोलिया सेट १ सय ९० दशमलव ९७ क्युफिट गरी ४८ सेट गोलिया काठसमेत बरामद गरिएको हो । बरामद गरिएको काठ, सवारी साधन, सवारी चालक र काठ धनीलाई थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला वन कार्यालय धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया