‘कलर्स मोबाइल हेटौँडा अन्तर्राष्ट्रिय गोल्डकप’ हुने

काठमाडौं, १४ माघ । खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुरको आयोजनामा कलर्स मोबाइल हेटौँडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई कलर्स मोबाइलले मुख्य तथा टाटासुमो गोल्डले पावर वाईको भूमिकामा साथ दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता हुने बारे जानकारी गराएको हो । प्रतियोगितामा नेपालका ए डिभिजनका ५, भारत र भुटानको १÷१ तथा आयोजकको एक टिम गरी कुल आठ टोलीले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले जानकारी गराए । प्रतियोगितको विजेताले तीन लाख तथा उपविजेताले १लाख ५० हजार रुपैया प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्सर र मिडफिल्डरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भने हरेक खेलमा म्यान अफ दि म्याच हुनेले १÷१ थान कलर्स मोबाइल प्राप्त गर्नेछन् । प्रतियोगिताको लागि कुल ४० लाख खर्च हुने अनुमान गरिएको छ । मुख्य प्रायोजन वापत कलर्स मोबाइलले ४ लाख नगद र करिब ७ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने कलर्सका मार्केटिङ म्यानेजर रामजंग थापाले जानकारी गराए ।

यस्तै टाटा सुमो गोल्डले १ लाख ५० हजार नगद तथा ६ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने प्रविन खतिवडाले जानकारी गराए । प्रतियोगिताको लागि अहिलेसम्म ५ क्लबले पक्का गरिसकेको र थ्री–स्टार र मनाङ–मस्र्याङ्दीको हकमा उनीहरूको आन्तरिक कारणले निर्णय गर्न बाँकी रहेको र उनीहरूको सहभागिता नरहे ए डिभिजनकै अर्काे क्लबले रिप्लेस गर्ने क्लबका अध्यक्ष खड्कीले बताए । प्रतियोगिता फागुन १ देखि ८ गतेसम्म हेटौँडाको वनविज्ञानको अध्ययन संस्थानको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया