बृहत् सांस्कृतिक कार्यक्रमको तयारी पूरा

saskritik pgm copyबुटवल, १४ माघ । मदन भण्डारी स्पोट्र्स एकेडेमी लुम्बिनी अञ्चल कमिटीको आयोजनामा बुटवलमा हुन लागेको बृहत् सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।

माघ १६ गते सहिद दिवसको दिन बुटवलको कालिका उच्च माविको खेल मैदानमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजनले जनाएको छ । अक्षयकोर्ष स्थापनार्थ आयोजना गरिएको कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने एकेडेमी लुम्बिनी अञ्चल कमिटीका अध्यक्ष मेघराज भट्टराई (राजु) ले जानकारी दिए ।

उनले अक्षयकोष स्थापनार्थ सँगै संविधान जारी पश्चात् विभिन्न जात जाति तथा समुदायमा सामाजिक सद्भाव खलबल भएकाले सामाजिक एकताका लागि पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, श्रीश देवकोटाको प्रस्तुति रहेछ ।

त्यस्तै आधुनिक गायक हेमन्त शर्मा, सिन्धु जलेशा प्रस्तुति रहने आयोजकले जनाएको छ । हास्य कलाकार राजा राजेन्द्र, गायक वैकुण्ठ महत, पुरुषोत्तम भण्डारी, सीता राना लगायतको प्रस्तुति रहने बताइएको छ ।

त्यस्तै नृत्यतर्फ धिमाल नाच, सोरठी नाच, तामाङ, कौडा, सालैजो नाच रहनेछ बताइएको छ । कार्यक्रम अवलोकनका लागि आयोजकले ५ हजारदेखि ५ सयसम्मका टिकटहरू बिक्री गरिरहेका छन् ।

प्रतिक्रिया