शुक्रबारदेखि ओप्स अन्तरविद्यालय फुटबल

ops inter school football copyकाठमाडौं, १३ माघ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल(ओप्स)को आयोजना र सृजना ज्ञानसागर स्कुलको संयोजनमा प्रथम ओप्स अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । स्वस्थका लागि खेल, राष्ट्रका लागि खेलाडी भन्ने नाराका साथ माघ १५ देखि २१ गते सम्म हुने प्रतियोगितामा कुल १६ स्कुलको सहभागिता रहनेछ । कुल चार समूह रहेको प्रतियोगिताको एक समूहमा ४ विद्यालय रहेका छन् ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा ९ कक्षा मुनिका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्काले बताए । प्रतियोगितामार्फत नया प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले फुटबल खेल आयोजना गरेको सृजना ज्ञान सागर माविका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयालले बताए । प्रतियोगिताको विजेताले रनिङ शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछन् । उपविजेता तथा तेस्रो हुनेले ट्रफी र मेडल हात पार्ने ओप्सका अतिरिक्त क्रियाकलाप प्रमुख राजेन्द्र कडेरियाले बताए । कुल १ लाख ५० हजार लागतको प्रतियोगिता नेपालटारस्थित तारकेश्वरको खेलमैदानमा हुनेछ । प्रतियोगितामा उत्कृष्टतर्फ डिफेन्स, मिडफिल्ड, फरवार्ड, गोलरक्षक, प्रशिक्षक र अनुशासित टिमलाई पुरस्कृत गरिनेछ । प्रतियोगिताकै सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको पुल एमा कौशल इंग्लिस स्कुल, चिल्ड्रेन इटर्नल एकेडमी, प्रगति मावि र हिमरश्मी मावि, समूह बीमा सृजना ज्ञान सागर मावि, मनास्लु पब्लीक,फेरील्याण्ड स्कुल,गिनीज पब्लीक,समुह सीमा न्यूटन मावी,ज्ञान मन्दीर मावि, सामाखुसी इंग्लिश बोर्डीङ, मस्र्याङ्दी मावि तथा समूह डीमा एन्जल हर्ट स्कुल, राजन मेमोरियल स्कुल, प्रिसिएस नेसनल एकेडमी र पुस्प कुञ्ज मावि छन् ।

प्रतिक्रिया