सुष्मा र प्रमोदको ‘मीठो मीठो’

susma-and-pradmod copyकाठमाडौं । माघ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चलेछ बतास सुस्तरी’ गीतसंगीतका मामलामा अब्बल देखिएको छ ।

फिल्मको पहिलो शीर्ष गीतले चर्चा पाइरहँदा फिल्ममा समावेश ‘मीठो मीठो’ बोलको दोस्रो गीत पनि सार्वजनिक गरिएको छ । जुन निकै सुमधुर छ । डेभिड शंकर र आंकाक्षा बस्यालको स्वरमा समावेश चलचित्रको यो गीतमा मुख्य कलाकार सुष्मा कार्की र प्रमोद भारद्वाजलाई फिचरिङ गरिएको छ । विकास चौधरीको संगीत रहेको गीतमा प्रदिप भारद्धाजकै शब्द छ । अनिला खड्का र सवु सुवेदीको निर्देशनमा तयार भएको यो चलचित्रलाई निर्माता तथा लेखक प्रदीप भारद्धाजले पूर्णरूपमा प्रेम कथामा निर्माण गरेका छन् । हरी लामाले खिचेको यो गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । (सौस)

प्रतिक्रिया