दिगो विकास : एक चर्चा

khagendra_rai copyअर्थ र परिभाषा 

अक्सफोर्ड अंग्रेजी शब्दकोषमा  sustainable को अर्थ  That can be kept going or maintained अर्थात निरन्तरता दिन वा कायम राख्न सकिने भन्ने हुन्छ । नेपाली बृहत् शब्दकोषमा दिगोको अर्थ लामो वा धेरै अवधिसम्म टिक्ने खपत हुने भन्ने उल्लेख छ । यसर्थ दिगो विकास (sustainable Development) भन्नाले लामो समयसम्म टिकाउ हुने, अस्तित्वमा रहने वा कायम रहने वा खप्ने विकासलाई जनाउँछ । पयार्वरणीय सन्तुलन मा कुनै प्रतिकूल असर नगरी दीर्घकालसम्म फाइदा दिइरहने विकास दिगो विकास हो । ‘प्रतिव्यक्ति वार्षिक आम्दानीमा वृद्धि, स्वास्थ्य र पोषणको अवस्थामा सुधार, शैक्षिक उपलब्धि, स्रोत साधनमा पहुँज आम्दानीको न्यायोचित वितरण र आधारभूत स्वतन्त्रतामावृद्धि जस्ता विकासका अवस्थाहरूमा लामो समयसम्म कुनै ह्रास आएको छैन भने त्यसलाई दिगो विकास भन्नुपर्छ । – पियर्स, बार्वियर र माकेन्डेय ।

विश्वमा दिगो विकासको अवधारणा सन् १९८० को दशकबाट आएको र त्यस समयमा विकास र वातावरण संरक्षणका कार्यलाई सँगसँगै लैजानुपर्छ, भन्ने मान्यताको विकास भएको पाइए तापनि ‘दिगो विकास’ शब्दको सर्वप्रथम प्रयोग ब्रन्टल्यान्ड कमिसन (Bruntland Commission) को पुस्तक हाम्रो ‘साझा भविष्य’ मा सन् १९८७ मा भएको थियो । उक्त प्रतिवेदनमाथी सन् १९८९ मा संयुक्त राष्ट्र संघको साधारणसभामा बृहत् छलफल गरी सन् १९९२ मा रियो द जनेरियोमा वातावण र विकाससम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन गर्ने निधो ग¥यो ।

उक्त रियो शिखर सम्मेलनले वातावरण र विकाससम्बन्धी रियो घोषणालाई सर्वसम्मतीले पारित गरेपछि Bruntland Commission) को ‘साझा भविष्य’ नामक प्रतिवेदनले निश्चित आकार ग्रहण गरी दिगो विकासको अब धारणालाई उक्त रियो सम्मेलनले नयाँ उचाइमा पु¥याएको हो ।

दिगो विकासको आवश्यकता र महत्व
पृथ्वी सवैको साझा घर हो र यहाँ उपलब्ध स्रोत साधनको उपयोग गर्ने अधिकार सबैको बराबर हुन्छ । मानव जातिको मात्र नभएर सम्पूर्ण सजीव प्राणी तथा वनस्पतीहरूको यसमा हक लाग्छ । त्यति मात्र नभएर पृथ्वीको अस्तित्व रहुन्जेल भावी पुस्ताले पनि प्राकृतिक स्रोत साधनको समुचित उपभोग गर्ने अधिकार राख्दछ । तर, वर्तमानको पुस्ताले विश्वभरी अन्धाधुन्धा स्रोत साधनको व्यापक दोहन गर्नाले भयंकर विश्व संकट निम्त्याइरहेको छ । हाल बढदो जनसंख्या र रसायनको प्रयोगले वातावरणलाई निकै ठूलो खतरा रहेको कुरा वैज्ञानिकले आँैल्याइरहेको छन् । ल्कोरोफोरो कार्बनको बढ्दो उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल परेको साथै ‘ग्लोबल वार्मिङ’ भइरहेको तथ्य सार्वजनिक भइरहेका छन् । त्यसैको परिणामस्वरूप विश्वभर जलवायु परिवर्तनले गर्दा जैविकविविधताको सँरचना नै फेरबदल भइरहेको छ । पृथ्वीको बहन क्षमता, प्राकृतिको स्रोतको दीर्घकालीन उपयोगको सुनिश्चिततासमेतलाई ध्यान दिई गरिने विकास दिगो विकासको रूपमा लिइन्छ । दिगो विकासले पृथ्वीको बहन क्षमतालाई मध्यनजर गर्दछ भने प्राकृतिक स्रोतको न्यायोचित वितरण र उपभोगमा विशेष जोड दिन्छ । तिब्र जनसंख्या वृद्धिसँगै प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन भयो । मानिस विवेकशील प्राणी भएकोले आफ्नो लागि मात्र नभएर भावी पुस्ता साथै जनावर बनस्पतिलगायतका गैरमानवीय जीवात्माको समेत विशेष ध्यान दिनुपर्ने हुन्छ । पृथ्वीका सम्पूर्ण स्रोतका साधनहरू यही पुस्ताले समाप्त गरिदियो भने भावी पुस्ताको जीवनको विकल्प नहुने हुँदा दिगो विकासको आवश्यकता र महत्व वढेर गएको छ ।

नेपालमा भएका प्रयासहरू  
नेपालमा दिगो विकासको अवधारणा सर्वप्रथम आठाँै पञ्चवर्षीय योजना (२०४९–५४) देखि भित्रिएको हो । उक्त योजनाले वनजंगल एवं अन्य प्राकृतिक सम्पदाको विनाश हुन नदिन वृक्षरोपण तथा वन्यजञ्तु संरक्षण जस्ता कार्यक्रमहरूको कार्यान्वयन गर्ने, जलविद्युत् तथा सौर्य शक्तिजस्ता नवीकरण ऊर्जाको उपभोगमा वृद्धि गर्ने साथै नयाँ स्रोतहरूको पहिचान गर्ने जस्ता नीति तथा कार्यक्रमहरू अवलम्वन गर्ने लक्ष्य लिएको देखिन्छ । गरिबी निवारण गर्ने प्रमुख लक्ष्य राखेको नवौँ योजनाले पनि दिगो विकासको अवधारणालाई निरन्तरता दिएको पाइन्छ । रियो सम्मेलनद्धारा पारित एजेन्डाप्रति नेपालले प्रतिवद्धता जनाएको छ भने जनसंख्या तथा वातावरण मन्त्रालय स्थापना, वातावरण संरक्षण ऐन २०५३ तथा नियामावली २०५४ लागू हुनु वातावरण संरक्षणप्रति राज्यको अग्ररताको रूपमा लिन सकिन्छ । प्रमुख सहरी क्षेत्रहरूमा धुँवा प्रजनित सवारी साधनको रोक जस्ता कार्य उल्लेखनीय छन् । विभिन्न योजनाहरूमा दिगो र गरिबी निवारण उन्मुख आर्थिक वृद्धि र त्यसको लागि आवश्यक जनशक्ति तयार गर्ने र समाजमा पिछडिएका वर्गलाई विकासको मूलधारमा ल्याउने जस्ता आकर्षक कार्यक्रमहरू अगाडी बढाए तापनि आर्थिक बृद्धिदर उच्च वनाउने र वातावरणको विनाशको दर घटाउने जस्ता लक्ष्यहरूमा अपेक्षित प्रगति हासिल हुन सकेको छैन । साथै समग्रमा मुलुकले दिगो विकासको उद्देश्य र लक्ष्य पूरा गर्ने दिशामा अपेक्षित सफलता हासिल गर्न सकेको देखिँदैन ।

दिगो विकासका चुनौतीहरू 
विकास वहुआयामिक र निरन्तर चलिरहने प्रक्रिया हो । लक्ष्य प्राप्तिको लागि व्यक्ति, समाज र राष्ट्रले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । निम्नलिखित कुराहरूलाई दिगो विकासको चुनौतीको रूपमा लिन सकिन्छ ।

गरिबी ः
जीवन निर्वाहको लागि आधारभूत आवश्यकताहरू पूरा गर्न सक्ने अवस्था नहुनु सामान्यतय गरिवी हो । अझै एक अर्ब जति मानिस निरपेक्ष गरिबीको रेखामुनि छन् । संयुक्त राष्ट्र संघीय वहुआयामिक विकास प्रतिवेदन २०१० ले नेपालको गरिबी अझै पनि ६५ प्रतिशत रहेको जनाएको छ । नेपाल जस्तै गरिब र विकासोन्मुख राष्ट्रहरूको तथ्यहरू लगभग यस्तै हुन आउछ । यस्तो अवस्थामा भविष्यको निम्ति वर्तमानलाई बलि चढाउने कार्य मुर्खतापुर्ण हुने भएकोले राज्यले वातातवरण सँरक्षणभन्दा गरीव जनताको गाँस, वास, कपास तथा उनीहरूको अन्य आधारभूत आवश्यकता परिपूर्तिमा ध्यान दिनाले दिगो विकासमा असर पर्ने देखिन्छ । तसर्थ गरिवी दिगो विकासको एक प्रमुख चुनौतीको रूपमा रहेको छ ।

तीव्र जनसंख्या वृद्धि
हाल विश्वमा प्रति सेकेन्ड ३ जनाको दरले जनसंख्या वृद्धि भइरहेको छ । जनसंख्या वृद्धिको अनुपातमा प्राकृतिक स्रोत र साधनको उपयोगमा पनि वृद्धि हुन्छ । तर, जनसंख्या वृद्धि र प्राकृतिक स्रोत र साधनबीच व्युतक्रमानुपातिक सम्बन्ध रहने गर्दछ । जनसंख्या वृद्धिका कारण खानेपानी, खाद्यान्न तथा अन्य विविध आवश्यकताहरूको माग बढ्दै जाँदा माग र आपूर्तिबीच सन्तुलन नहँुदा विभिन्न समस्या हुन सक्छ । पानीको सहज आपूर्ति नहुनाले सरसफाइ कम भई रोग व्याधी फैलने तथा किटनाशक औषधीको उपयोगले मरुभूमीकरण बढ्दै गएको छ । तसर्थ निरन्तरको तीव्र वृद्धि र अव्यवस्थित जनसंख्याले प्राकृतिक सम्पदाहरूको वहन गर्ने क्षमता क्रमशः साँघुरिदै जानु आजको प्रमुख चुनौतीको रूपमा रहेको छ ।

असीमित मानवीय चाहना
मानिस विवेकशील प्राणी हो तसर्थ ऊ अरू प्राणीभन्दा अलग छ र मानिस स्वार्थी पनि छ उसँग असिमित चाहना छ त्यसैले पनि फरक छ । मानिसले आफ्नो असिमित इच्छा आकांक्षा र चाहनाहरू परिपूर्ति गर्ने क्रम्मा प्राकृतिक स्रोत साधनको अधिकतम दोहन गरिरहेको छ । विश्व मानव समुदायले वर्तमानलाई सुसम्पन्न र हराभरा वनाउने क्रममा भविष्यलाई धरापमा पार्दै आएको छ । यो पनि मुर्खतापूर्ण कार्य हो । पृथ्वीमा भएका सम्पूर्ण स्रोत साधनहरू यही पुस्ताले समाप्त पार्ने हो भने भावी पुस्ताको जीवन कसरी सम्भव छ भन्ने प्रश्न गम्भीर छ ।

निष्कर्ष
विकास वहुआयामिक प्रक्रिया हो र यो निरन्तर चलिरहन्छ । कुनै ठाउँको भौतिक रूपान्तरणलाई नै विकासको संज्ञा दिए त्यो अपूर्ण हुन्छ । भौतिक सँगसँगै राजनीतिक, सामाजिक विकास भए मात्र विकासको आयाम पूरा हुन्छ । तसर्थ समुदायमा भइरहेको सकरात्मक परिर्वतनका सर्वांगिण पक्षलाई विकास भनिन्छ । तर, दिगो विकास एक जटिल प्रक्रिया हो । विकास सवैको चाहाना हो भने दिगो विकास आजको आवश्यक्ता हो । विश्वमा प्राकृतिक स्रोत साधनहरू सीमित र निश्चित हन् । त्यसको विपरीत मानवीय चाहना र आवश्यकक्ताहरू असीमित छन् । यी दुई पक्षको तादम्यता नभएको खण्डमा पृथ्वीमा ठूलो संकट आउने प्रवल सम्भावना छ । नेपालमा अव्यवस्थित सहरीकरण भूमिको प्रयोग तथा खण्डीकरण आदिले जमिनको वहन क्षमतामा ह्रास आइरहेको छ ।

वनजंगल फडानी, जलवायू परिवर्तन जस्ता कुराहरूले पानीको मुहान सुक्दै जानुका साथै पारिस्थितिक प्रणालीमा असर पर्नाले जैविक विविधतामा ठूलो असर परिरहेको छ । यी कुराहरूले भावी पुस्ताको भविष्य संकटमा रहेको जनाउ घन्टी दिइरहेको छ । तसर्थ भावी पुस्ताको भविष्यसँग कुनै सम्झौता नगरी वर्तमानको आश्यकताहरू पूरा गर्न जरुरी छ । त्यसका लागि मानिसले आफ्नो उपभोग शैलीमा सुधार गर्ने विवेकशील ढंगले स्रोत साधनको उपभोग गर्ने जसवाट भावी सन्ततीको आवश्यकक्तालाई परिपूर्ति हुने ढंगले स्रोतसाधनको उपभोग गनुपर्छ । उपयोग सँगसँगै वातावरण संरक्षण, वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोग, फोहोरमैलाको व्यवस्थापन जनसंख्या वृद्धि तथा जैविक खेती प्रणालीलाई जोड दिँदैै प्राकृतिक स्रोत तथा साधनहरूको दिगो उपभोगको लागि राज्यले आवश्यक नीति तथा कार्यक्रमहरूको निर्माण गर्नुपर्ने जरुरी भएको छ ।

प्रतिक्रिया