भूकम्पले अभिभावक गुमाएका पदम र मदन

pahilako padam ra madanकाभ्रे, ७ माघ । बनेपा बजारबाट ५ किलो मिटरको दूरीमा रहेको काभ्रेको सदरमुकाम धुलिखेल बसपार्क पुगिन्छ । वस पार्कबाट १० मिनेटको पैदल यात्रापछि सञ्जीवनी नमुना उच्च माध्यामिक विद्यालय पुगिन्छ । त्यही विद्यालयको कक्षा कोठामा पुग्दा पढिरहेको भेटिन्छन् भूकम्पले बुबा र आमा दुबै गुमाएका देबिटार–१ का मदन र उनका भाई पदमलाई ।

भेटको क्रममा अझैपनि जो कोहीसँग उनीहरु आफ्नो पिडा सुनाउँदा सुनाउँदै भक्कानिन्छन । मलिनो स्वरमा मदनले आफ्नो पिडा र दुःखको बारेमा बिस्तारै बेलीविस्तार लगाउँछन । ‘गरिब माथि झन दुःखले थिचिदो रहेछ, मेरो भाग्यमा दुःखै दुःख लेखेको रहेछ, हरदिन दुःखलाई बोकेर बाँचीरहेको छु ।’ पदमले भने,‘पिडालाई भुल्न खोज्छु तर भुल्न सकिएन’

१२ वैशाखको विनाशकारी भूकम्पले पदम र उनका भाई पेम्बाको वर्षौंदेखिको बास मात्रै ढालेन, जन्मदिने बाबुआमा पनि चटक्क चुँडेर लग्यो । बिहिवार सदरमुकाम धुलिखेलस्थित–२ अड्डाबजार सञ्जीवनी नमुना उच्च माध्यमिक विद्यालय पुग्दा मदन र उनका भाई पेम्बा जस्ताको टहरोभित्र निन्याउरो अनुहारमा लुकलुक कामेर पढदै गरेको भेटिएका थिए ।

पदम र मदन कक्षा ९ मा पढछन् । उनीहरुलाई नजिकको साथी संगीहरु बाहिर गएर हाँस्दै खेल्दै गर्दा अझै पनि मदन र उदमको अनुहार हसिलो र आँखा अझै ओभाइएको देखिएनन् । राज्य सञ्चालनको जिम्मा लिएकालाई भूकम्पपिडितको कथा पुरानोजस्तो लागे पनि दर्जनौँ मदन र पदमहरुका लागि गत १२ वैशाख कहिल्यै निको नहुने घाउ बनेको छ । बर्खामास र चिसोयामले त्यही घाउमा नुनचुक छरेर जान्छ । यो पुस–माघको जाडोले आजभोलि दुई दाजुभाईको मुटु कमाउन थालेको छ । पढनलाई भन्दा चिसोबाट जोगाउन न्यानोको जोहो कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको बताउँछन । तर उनीहरुलाई नेपाल युथ फाउण्डेसन नामक संस्थाले पढाउदै आएको हो ।

पदम १७ वर्ष र पेम्बाले १५ वर्षका भए । भूकम्पले बा–आमालाई चुँडेर नलगेको भए उनीहरुआफ्नै घरमा बसेर आमाले पकाएको तातो भात खाएर पढन्लाई स्कूल जाँदै गरेका हुने थिए । पदमलाई ठूलो बोझले थिचिएको छ आफु पढने र भोलिको भाविष्यमा के गर्ने भन्ने चिन्ता छ उनको बोझको कथा सुन्दा आङनै जिरिंग हुन्छ ।

बुवाआमाको मृत्युपछि घरको सम्पूर्ण जिम्मा पदमको काँधमा माथि आएको छ । बुवाआमालाई चुडेर लगेदेखि टहरामा चुलो बनेको छैन् । आफ्नो भविष्यको लागि दुई दाजु भाई पढ्नका लागि अरुको सहरामा रहनु बाहेक विकल्प छैन ।

संरक्षणबिहिन बनेका भाईको रेखदेख, पालनपोषण र बिहेबारी अब पदमले नै गर्नुपर्छ । सँस्थाले खाना बस्ने र पढाउने सामान्य सहयोग गरेपनि सोचेजस्तो सहज कहाँ हुन्छ र ? काका धावा लामाले भने–‘के गर्ने मर्ने मरेर गए, बाँच्नेले पढने र पढेर ठूलो मान्छे भएर आफ्नो भविष्य कसरी बढने भन्ने चिन्ताले दिनरात सताउन थालेको छ ।’ जिन्दगी नै कसरी चलेको छ भन्नै नसक्ने अवस्थामा छु ।’

पदमका बाबु पेम्बा लामा लसुन केलाउदै थिए । बिहानको खाना पकाउदै थिइन आमा घर भित्र एक्कासि धर्ती हल्लिँदा उनीसँगै श्रीमती पुतली पनि एकै ठाउँमा पुरिइन् । त्यही दिनदेखि सुरु भएको मदन र पेम्बाको दुःखको सबै कथा उतार्ने हो भने एउटा पुस्तक नै तयार हुन्छ । बा–आमाको काजकिरिया खर्च र जस्तापाता किन्न भन्दै सरकारले दिएको १५ हजार रुपैयाँ पाए पनि उनका लागि त्यो रकम ‘हर्ष न विस्मात’ जस्तै भएको छ । रातदिन छाती पिटेर जति रोए पनि नयाँ ढंगले जिन्दगीको सुरुवात गर्नुको विकल्प थिएन ।

मदन र पदममाथि पीडाको पहाड यति ठूलो छ कि, त्यो पीडाको कथा सुनाउँदा उनलाई भक्कानो छुटिहाल्छ । जिल्लामा उनिहरु जस्ता पीडित सयौँको सङख्यामा रहे पनि बालबालिकाको लागी काम गर्ने सस्थाले कुनै चासो दिन सकेको छैन ।

प्रतिक्रिया