मधेसी मोर्चा र तीनदल सहमती नजिक

काठमाडौं, ३ माघ । तराइ मधेसमा अन्दोलनरत मधेसी मोर्चा र प्रमुख तीन राजनीतिकदलबीच भइरहेको वार्ता तथा सम्वाद सहमती नजिक पुगेको जनाइएको छ । पछिल्ला वार्ता र सम्वादहरुमा प्रमुख तीन दल र मधेसी मोर्चाले लचकता प्रस्तुत् गर्दै सहमतीका लागि मध्यमार्गी बाटो खोज्न थालेका छन् ।

जारी आन्दोलनलाई सम्बोधन गर्न प्रमुख तीन दलले मधेसी मोर्चालाई पाँचबुँदे प्रस्ताव राखेको थियो । उक्त प्रस्ताव मोर्चाले आज आफ्नो धारणा राख्ने जनाएको छ ।

शनिबार बालुवाटार बैठकले पाँचबुँदे प्रस्ताव तयार पारेको थियो, जसलाई कार्यदलको बैठकमा ‘ननपेपर’का रुपमा रुपमा प्रस्तुत गरिएको छ । आइतबारको बैठकमा मधेसी मोर्चाले पाँचबुँदेमा बुँदागत रुपमा नै आफ्नो धारणा राख्ने तयारी गरेको मोर्चासम्बद्व श्रोतले जानकारी दिएको छ । यदि सहमति नै चाहेको हो भने तीन दल र मधेसी मोर्चाबीच ठूलो दुरी छैन । राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र सीमांकन टुंगो लगाउन मधेसी मोर्चा सहमत भएको छ ।

सरकार तथा आन्दोलनरत पक्षकै वार्ताकारहरुले पाँचबुँदे प्रस्तावलाई ‘ब्रेक थ्रु’ का रुपमा लिएको जनाइएको छ । अबको बहस यस्तो संयन्त्रको टीओरआरमा केन्द्रित छ । यसमा पनि तीन दलले अघि सारेको पाँचमध्ये चारबुँदे प्रस्तावमा भाषा मिलाउने बाहेक ठूलो समस्या देखिएको छैन । उटा बुँदामा भने मधेसी मोर्चा र तीन दलबीच समझदारी हुन बाँकी छ । स्रोतले भन्यो, तराई मधेसमा दुई प्रदेश हुन्छ भन्ने राख्नुपर्छ भन्ने मोर्चाको माग छ । तर, यसमा कांग्रेस र एमाले सहमत छैनन् ।’

प्रतिक्रिया