तेलको मूल्य घट्यो

काठमाडौं, ३० पुस । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । १२ वर्षकै सबैभन्दा न्यूनतम विन्दुमा कच्चा तेलको मूल्य झरेको हो । अमेरिकाको तेल भण्डारण क्षमता बढेको खबरहरु आइरहेका बेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रति ब्यारेल ३० डलर भन्दा कम भएको जनाइएको छ । पछिल्लो १२ वर्षको अवधिमा कच्चा तेलको मुल्यमा यो सबैभन्दा कम भएको बीबीसीले जनाएको छ ।

पछिल्लो १५ महिनामा तेलको मूल्य ७० प्रतिशत घटेको हो । चीनको अर्थतन्त्रमा भइरहेको वृद्धि केही मन्द हुनु तेलको मूल्य खस्किनुको अर्को कारण मानिएको छ । साथै अमेरिकामा हालैका वर्षमा तेलको उत्पादन पनि बढिरहेको छ । यसअघि तेलको मूल्य ओरालो लाग्दा तेल निर्यातकर्ता राष्ट्रहरुको संगठन ओपेकले तेलको उत्पादनमा कटौती गर्ने गर्दथ्यो । तर, यसपालि ओपेकले तेलको उत्पादन घटाएको छैन ।

बढ्दो तेल भण्डारणका कारण तेलको मूल्य झर्ने क्रम सन २०१६ मा जारी रहने विश्लेषण गरिएको छ । त्यसमाथि इरान पनि तेल बजारमा प्रवेश गर्दैछ ।

प्रतिक्रिया