फूलकै मौसममा लाग्ने भो ‘फूलै फूलको मौसम तिमीलाई’

fulai_fulko copyकाठमाडौं, २५ पुस । आगामी फागुनमा रिलिज हुन लागेको नेपाली चलचित्र फूलैफूलको मौसम तिमीलाईको अडियो जुक बक्स सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक दीनेश डिसीले एक पटक हेर्नै पर्ने फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ आखिर फुलकै मौसममा गर्न लागेको बताउँदै अडियो जुक बक्स सार्वजनिकपछि बताएका छन् ।

अहिले चलचित्र प्रचारको दौडधुपमा रहेका डिसीले करिब २ महिनापछि प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रमोशनमा कुनै कसर बाँकी नराखिने बताएका छन् । फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट चलचित्रको अडियो र शिर्ष गीतको भिडियो सार्वजनिक गरेका डिसीले अडियो गीत युटुबबाट सार्वजनिक गरेका हुन् ।

नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको यो चलचित्रलाई लिएर डीसी अहिले धेरै नै आशावादी देखिएका छन् । यो चलचित्रलाई पूर्णतया प्रेमकथामा तयार गरिएको उनको भनाई छ ।

चलचित्रको गीतमा सुरेश अधिकारीको संगीत, राजेश पायल राई, बनिका प्रधान, राज सिग्देल, दीपा लामाको स्वर, सुरेश अधिकारी र दीनेश डीसीको शब्द छ । चलचित्रको शिर्ष गीतले अहिले चर्चा पाइरहेको छ ।

प्रतिक्रिया