बलिउडकर्मीको सुरक्षा घटाइयो

मुम्बई । मुम्बई प्रहरीले बलिउडका चर्चित कलाकारलाई दिँदै आएको सुरक्षामा व्यापक फेरबदल गरेको छ । बलिउडका चर्चित नायक साहरूख खान, आमिर खानसँगै ४० जना सेलिब्रेटीको सुरक्षामा फेरबदल गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

बलिउडका दुई चर्चित नायक साहरूख खान र आमिर खानले असहिष्णुताको विषयमा बयान दिएपछि सुरक्षा बढाइएको थियो । तर, यी दुई कलाकारमाथि कुनै खतरा नभएको भन्दै सुरक्षा घटाइएको हो । दुई हतियारधारी सुरक्षाकर्मी मात्र अब यी कलाकारको सुरक्षामा खटिनेछन् । साहरूख खान आफैँले सुरक्षा घटाउनका लागि प्रहरीसँग प्रस्ताव गरेका थिए ।

मुम्बई प्रहरीका अनुसार अहिलेसम्म ४० जना बलिउड कलाकारलाई सुरक्षा दिने प्रबन्ध थियो । यो घटाएर १५ जनामा पु¥याइएको छ । बिधुबिनोद चोपडा, राजकुमार हिरानी, फराह खान, करिम मोरानीलगायत बलिउडकर्मीको सुरक्षा पूर्णरूपमा हटाइनेछ ।
अक्षय कुमार, महेश भट्ट, अमिताभ बच्चन, दिलिपकुमारलगायत कलाकारको सुरक्षा भने यथावत राखिएको प्रहरीको जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया