हमाल, खड्का र घले लैंगिक हिंसा विरुद्वका दूत

3_ambesdor copyकाठमाडौं, २० पुस । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले लैंगिक हिंसाविरुद्धको सरकारको सद्भावना दूतमा अभिनेता राजेश हमाल, नेपाली क्रिेकेट टोलीका कप्तान पारस खड्का र गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई सद्भावना दूत छनौट गरेको छ । उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न सदभावना दुतहरले उल्लेख्य भुमिका खेल्ने विस्वास लिँदै उनीहरुलाई आधिकारिक पत्र दिएका छन् ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सोमबार आयोजित ‘बालविवाहको न्यूनीकरणमार्फत लैङ्गिक हिंसा सम्बोधन’ विषयक अन्तरक्रियामा उनले महिलामाथि हुने हत्या, हिंसा, बलात्कार, अपहरणलगायत महिलामाथि हुने हिंसा अन्त्य गर्न सरकारले योजना बनाएको समेत बताएका छन् । बालविवाह न्यूनीकरकणका लागि सरकारले बालविवाहसम्बन्धी राष्ट्रिय रणनीतिसमेत ल्याउने तयारी गरेको उपप्रधानमन्त्री मैनालीले जानकारी दिए । बालविवाह अन्त्य गर्ने सवालमा ऐन÷कानुनको प्रभावकारी कार्यान्वयन र जनचेतनासँगै बालिका शिक्षा अत्यन्त महत्वपूर्ण हुने उनको भनाइ छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले लैङ्गिक हिंसाका रूपमा आएको बालविवाहजस्तो जघन्य अपराधलाई अन्त्य गर्न सबैको उत्तिकै भूमिका हुने बताएकी छन् । महिला मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले महिला हिंसा अन्त्य गर्न पुरुषको पनि उत्तिकै भूमिका हुने बताएका छन् ।

प्रतिक्रिया