महिला फुटबल टोली छनोट

women_football copyकाठमाडौं । भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुदका लागि महिला फुटबल टोलीको आइतबार छनोट भएको छ । फेब्रुअरी ६ देखि १६ सम्म हुने सागका लागि २० सदस्यीय महिला फुटबल टोलीको घोषणा भएको छ ।

महिला टोलीको प्रशिक्षकमा ध्रुव केसी र सहायक प्रशिक्षकमा कुमार कटुवाल छन् । टोलीमा अनु लामा, निरु थापा, सजना राना, दीपा अधिकारी, लक्ष्मी पौडेल, कृष्णा खत्री, सावित्री भण्डारी, मनमाया लिम्बु, अनिता बस्नेत, घिमकुमारी गुरुङ, अमृता जैसी, दीपा राई, पुनम जर्गा मगर, अन्जली वाइबा, भगवती थापा, हिरा कुमारी भुजेल र सपना लामा छन् ।

टोलीमा ३ गोल रक्षकको छनोट गरिएको छ । गोल रक्षकत्रयमा अन्जली थुम्बा वाइबा, लिला लामगादे र नमिताकुमारी डाल्ली छन् । अन्जली र लिला नयाँ अनुहार हुन् । नेपाली महिला टोलीमा अधिकांश पुरानै खेलाडीलाई निरन्तरता दिइएको  छ । (सौस)

प्रतिक्रिया