आफ्नै प्रेमिकासँग रिसाए सलमान

salmanमुम्बई, १८ पुस । बलिउड फिल्म क्षेत्र यतिबेला सलमानको प्रेमलाई लिएर गर्माएको छ । एकातिर विशेष दिनमा लुलिया वन्तुर सलमानसँगै हुन्छिन् र त्यसकै आधारमा सञ्चारमाध्यमले सलमानकी प्रेमिका भनेर ठोकुवा गर्छन् भने अर्कातिर सलमान निकट व्यक्ति सलमान र लुलियाबीच केही होइन भन्छन् । त्यसलै दुईबीचको सम्बन्ध के हो भनेर खोज्न ‘बलिउड पापाराजी’हरू व्यस्त छन् ।

उनीहरूको सम्बन्ध जे भए पनि सञ्चारमाध्यमले उनीहरूलाई प्रेमी÷प्रेमिका बनाइदिएका छन् । उनीहरूले पनि अहिलेसम्म यसलाई नकारेका पनि छैनन् र स्वीकारेका पनि छैनन् । न त यस विषयमा केही बोलेका नै छन् । लुलिया रोमानियामा चिनिने भए पनि भारतमा उनलाई कसैले जान्दैनथे । सलमानकै कारण उनी अहिले सेलिब्रेटीसरह भएकी छिन् र सँगै अहिले यी दुईबीच हुने हरेक क्रियाकलापमा सञ्चारमाध्यमको चासो बढ्न थालेको छ । एकसमय त यस्तोसम्म भएको थियो, लुलियाको हातमा औँठी देखिएपछि सलमान र लुलियाबीच इन्गेजमेन्ट भएको खबर बाहिरिएको थियो । सलमानको जन्मदिनका दिन पनि लुलिया र सलमानको क्रियाकलापलाई मिडियाले बढी नै स्थान दियो । त्यसदिन सलमान लुलियासँग रिसाएको बताइन्छ ।

एक भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको जन्मदिनमा आएका पाहुनासँग लुलिया बढी नै नजिक भएको सलमानलाई मन नपरेको रहेछ । पछि सलमानले यसैलाई निहुँ बनाएर लुलियासँग बहस गरेको बताइन्छ । यदि यति सानो निहुँलाई लिएर सलमान लुलियाप्रति चासो राख्छन् भने यी दुईबीचको खास सम्बन्ध के हो अनुमान गर्न कुनै गाह्रो नहोला ।

प्रतिक्रिया