वर्षको सुरुमै अमिताभ र सन्नीको भीडन्त

bajirav mastaniमुम्बई । सन् २०१६ सुरु भएको पहिलो महिनामै बलिउड बक्स अफिसमा केही ठूला स्टारबीच भीडन्त हुने पक्का भएको छ ।

अभिताभ बच्चन, सन्नी देओल र अक्षय कुमारका चलचित्रले नयाँ वर्षको पहिलो महिनामै बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएका हुन् । बलिउड बक्स अफिसमा जनावरी महिनालाई व्यापारको हिसाबले राम्रो मानिने भएकाले निर्माताहरूले फिल्मलाई जुधाएको पाइन्छ ।

जनवरीमा अमिताभको मुख्य भूमिका रहेको ‘वजीर’ एउटा समाजिक घटनामा आधारित चलचित्र हो । विधु विनोद चोपडाले निर्माण गरेको यस फिल्मको निर्देशक बिजया नाबियार रहेका छन् । सनी देअलको ‘घायल वान्स अगेन १५’ पनि जनवरीमै रिलिज हुने भएको छ । यो फिल्म सन् १९९० मा आएको घायलको सिक्वेल हो । सनीको यो फिल्मलाई जुही चावलाको चक एन्ड डस्टरले टक्कर दिने भएको छ ।

अक्षय कुमारको एअरलिफ्ट र एडल्ट कमेडी फिल्म ‘क्या कुल है हम’ एकै दिन २२ जनवरीमा प्रदर्शन हुने भएको छ । जनवरीको अन्तिम शुक्रबार सन्नी लियोनीकै ‘मस्तीजादे’ र आर माधवनको ‘साला खुड्स’ रिलिज हुने भएको छ । साला खुड्सको निर्माता राजकुमार हिरानी रहेका छन् । यसको निर्देशन सुधा कांगडाले गरेका छन् । गत वर्ष पनि जनवरीमा रिलिज भएको फिल्मले राम्रो व्यापार गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया