भारतमा चरमपन्थीको आक्रमण

पठानकोट, १८ पुस । पाकिस्तानीको सीमा नजिकै रहेको भारत पञ्जाबको पठानकोट एयरबसमा भएको हमलामा ६ जनाको मृत्यु भएको छ । ४ जना हमलाकारीले एयरबसमा आक्रमण गरेपछि सुरक्षाकर्मीसँग भएको भिडन्तमा सबै हमलाकारी मारिएका छन् । २ सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

प्रहरीका अतिरिक्त महानिर्देशक एचएस ढिल्लनका अनुसार त्यहाँ भीडन्त सकिइसकेको छ । प्रहरीले एयरबसको आसपास १५ किलोमिटर क्षेत्रलाई घेरेर निगरानी जारी राखेको छ । यसबाहेक संदिग्ध चरमपन्थीको खोजी कार्यलाई पनि तीव्रता दिएको छ । जम्मु पठानकोट हाइवेमा गस्ती बढाइएको छ भने पञ्जाब र जम्मुकश्मिरमा रेड अलर्ट जारी गरिएको छ । त्यहाँ रहेका एक सुरक्षा अधिकारीका अनुसार हमलाकारीहरूले एयरबसलाई बढी क्षति गर्नका लागि हमला गरे पनि त्यो पूरा हुन सकेन । प्रहरीले आक्रमणकारीहरू जैस ए मोहम्मदका चरमपन्थी हुनसक्ने अनुमान गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार हमलाकारीहरू भारतीय सेनाको बर्दीमा थिए । पञ्जाबमा यस्तै आक्रमण यसअघि पनि भइसकेको छ । गत वर्षको अगष्टमा गुरदासपुर जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको हमलामा ७ मानिसको मृत्यु भएको थियो भने ३ हमलाकारी मारिएका थिए ।

प्रतिक्रिया