राज्यमन्त्रीले शपथ लिए

काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना राज्यमन्त्रीलाई शपथ खुवाएका छन् । उनले नेपालमै पहिलोपटक नौलो तरिकाले एक साताअघि नियुक्ती भएका राज्यमन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

प्रधानमन्त्री ओलीले शपथपत्रको बेहोरा नै नपढी त्यहाँ भएको म शब्द उच्चारणपछि बाँकी सबै आपैmँले पढ्न अह्राएका थिए । राज्यमन्त्रीहरूले प्रधानमन्त्रीको निर्देशन अनुसार नै शपथको बेहोरा पढेका छन् । यो सँगै पूरै बेहोरा पढेर पद तथा गोपनियताको सपथ खुवाउने गरिएको प्रचलनलाई प्रधानमन्त्रीको अल्छ्याँइले यसपटकबाट तोडिएको छ ।

प्रधानमन्त्री ओलीबाट शुक्रबार अपरान्ह शपथ लिने राज्यमन्त्रीहरू सबै एमालेका तर्पmबाट नियुक्त भएका हुन् । ६ जना मध्ये ४ जनालाई एमालेले नै सम्हालेका मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

जस मध्ये दामोदर भण्डारीलाई अर्थ, बलबहादुर महतलाई पर्यटन, नरदेवी पुनमगरलाई पशु विकास र मञ्जुकुमारी चौधरीलाई सहरी विकास राज्यमन्त्रीको जिम्मा दिइएको छ । त्यसैगरी दिनेशचन्द्र यादवलाई भने समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले सम्हालेको खानेपानी तथा सरसफाइ मन्त्रालयको र दीपनारायण साहलाई नेपाल परिवार दलका एकनाथ ढकालले सम्हालेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको राज्यमन्त्री बनाइएको छ ।

प्रधानमन्त्री ओलीले पुस ९ गते विभिन्न मन्त्रालयहरू फुटाइ मन्त्रीहरूको संख्या ४० पु¥याएका हुन् । मन्त्रालय फुटाएर मन्त्रिपरिषद् बिस्तार गरिएको विषयमा चौतर्फी आलोचना भइरहेकामा प्रधानमन्त्री ओलीले संचारकर्मीहरूमाथि दुराशय राखेर आलोचना गरेको आरोप लगाएका छन् ।

उनले आमाबाबुले पैसा खर्च गरिदिएर पढ्न लेख्न जान्ने बनाएकाहरूले आफ्नो आलोचना गरेर गुजारा चलाएकोलाई आफूले नराम्रो रूपमा नलिएको बताए । ४० सदस्यीय मन्त्रिपरिषद्मा अभैm मन्त्रीहरू थप गर्न बाँकी छ । प्रधानमन्त्री ओलीले सहरी विकास मन्त्रालय आपैmँसँग राखेका छन् । राप्रपाको भागमा परेको वाणिज्य मन्त्रालयमा पनि मन्त्री नियुक्त हुन बाँकी रहेकाले उक्त मन्त्रालयको जिम्मेवारी अहिले श्रम तथा रोजगारमन्त्री दीपक बोहोराले सम्हालिरहेका छन् ।

प्रतिक्रिया