सहमतिको खाका बनिसक्यो, गतिरोध चाँडै हट्छ : राजदूत रे

Ranjat ray copyकाठमाडौं, १५ पुस । सरकार, प्रतिपक्ष र आन्दोलनकारी दलहरूबीच ‘ब्रोड फ्रेमवर्क’ बनिसकेको भन्दै नेपालका लागि भारतीय राजदूत रणजीत रेले नेपालमा देखिएको गतिरोध चाँडै समाधान हुने बताएका छन् । उनले हाल भइरहेको सहमति प्रयासलाई आफूहरूले सहयोग गरिरहेको पनि बताए । उनले सहमतिको बृहत खाका ‘ब्रोड फ्रेमवर्क’ बनिसकेको भन्दै समाधान गाह्रो नभएको बताएका हुन् ।

बुधबार लैनचौरस्थिच दूताबासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतीय राजदूत रेले वार्ता र सम्वादबाटै समाधान खोज्नु पर्ने बताएका छन् । उनले भने, ‘सरकार, विपक्षी र आन्दोलनरत पक्ष सबैलाई हाम्रो आग्रह छ कि यो राजनीतिक समस्या हो र वार्ताबाटै समाधान हुन्छ र सबै पक्षले लचकता देखाउनुपर्छ ।’ उनले चाँडै सहमती हुने र निकास निस्कनेमा आशावादी रहेको बताए । भारतीय राजदूत रे नेपालमा भारतविरोधी भावना बढेकोमा आफूलाई धेरै पीडा भएको दुखेसो पोखेका छन् । ‘नेपालको आर्थिक विकासमा कुनै न कुनै रूपमा भारतको योगदान जरुरी छ । यदि नेपालमा भारतविरोधी भावना बढ्यो भने भारतको त हित गर्दैन नै । नेपालको पनि हित गर्दैन ।’ उनले भने । ्

उनले नेपालमा भारत विरोधी भावना कसरी र किन बढ्यो भन्नेबारे दुई देशले खुला छलफल गर्नु पर्ने र क्रमशः कम गर्दै यस्को अन्त्य गर्नु पर्नेमा जोड दिएका छन् । उनले वर्तामान समस्या शान्त र शितल सम्बादबाटै समाधान हुने आफु विस्वस्त रहेको बताएका छन् ।

राजदूत रेले सरकार, राजनीतिक दलहरू र आन्दोलनरत पक्ष बार्तामा बसेर छिटो निकास खोज्नुपर्ने सुझाव दिएका छन् । उनले सहमतिको वृहत खाका (ब्रोड फ्रेमवर्क) तयार भइसकेको भन्दै राजनीतिकदलहरूबीच वार्तामा बसेर निश्कर्षमा पुग्न मात्रै बाँकी होला भन्ने लागेको बताएका हुन् ।

उनले मधेसलाई सम्बोधन गर्न नेपाल सरकारले गरेको तीनबुँदे प्रस्ताव सकारात्मक र महत्वपूर्ण रहेको र भारतले यसको समर्थन र स्वागत गरिसकेको गरिसकेको बताउँदै भने, ’अब तत्काल नेपाल सरकार र राजनीतिक दलहरू र आन्दोलनरत मधेसी मोर्चा वार्तामा बसेर एउटा निश्कर्षमा पुग्नुपर्छ। हामी त्यसको प्रतिक्षा गरिरहेका छौं ।’

उनले असहज आपूर्तिको फाइदा उठाएर भइरहेको इन्धन कालोबजारीबाट नेपाल भारत दुवैलाई नोक्शानी पुगेको बताउँदै भने, यो अवस्था छिटो अन्त्य हुनुपर्छ .उनले नेपालमा भइरहेका भारतविरोधी गतिविधि भारतलाई मात्र नभइ नेपालको अहित गर्ने बताए । प्रधानमन्त्रीको भारत भ्रमणबारे पत्रकारहरूले राखेको जिज्ञासामा उनले भने, प्रधानमन्त्रीलाई भारत भ्रमणका लागि निम्ता भइसकेको छ । कुनै पनि बेला उहाँ भारत जान सक्नुहुन्छ । तर प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक गृहकार्य गर्न बाँकी रहेको छ ।’

राजदूत रेले दुई देशको मित्रताको आधारे विकास रहेको उल्लेख गर्दै भने, नेपाल भारत मिलेर ठूलो योजना सफल बनाउनुपर्छ । दुवै देशका जनतालाई मित्रताको सन्देश दिनुपर्छ । उनले नयाँ र थप सम्झौता र सन्धि गर्नेभन्दा पनि भइसकेको सन्धि सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने, हामीबीच धेरै सन्धि र सम्झौता भए, काम काम भएको छैन । अब कार्यान्वयनमा जोड दिनुपर्छ ।

१० दिनमा खुल्छ : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको समस्या १० दिनमा समाधान हुने बताएका छन् । विराटनगर विमानस्थलमा बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले समस्या समाधानका लागि मधेसी मोर्चासँग औपचारिक÷अनौपचारिक वार्ता भइरहेको बताए ।

नेपाली जनताको इच्छा, आवश्यकतालाई ध्यानमा राखी फराकिलो सोच एवं उदारताका साथ सरकार वार्तामा अगाडि बढेको प्रशङ्ग उल्लेख गर्दैै प्रधानमन्त्री ओलीले चाँडै मुलुक सहज अवस्थामा पुग्ने विश्वास व्यक्त गरे ।

उनले आपूर्तिलाई सहज बनाउन सरकार अग्रसर रहेको र सीमामा देखिएका समस्या केही दिनमै समाधान हुने बताए । कालोबजारीका सन्दर्भमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले कालोबजारी नियन्त्रण नभए केही दिनमै जिम्मेवार पदाधिकारी कारबाहीमा पर्ने जानकारी गराए ।

प्रधानमन्त्रीसमक्ष सोही अवसरमा भारतको अररिया बस्ने सुनील बेगवानी र उनकी आमाले आफ्नी छोरी अनु कोचरको छ दिनअघि विराटनगरस्थित घरमा मृत्यु भएको विषयमा अनुसन्धानको माग राखी ज्ञापनपत्र बुझाएका थिए । विष सेवनका कारण मृत्यु भएको भनिएको तर उनीहरूले छोरीले आत्महत्या नगरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले यस विषयमा विस्तृत रूपमा स्थानीय प्रशासनबाट जानकारी लिने आश्वासन दिए ।

प्रतिक्रिया