साइपाललाई आइडियल कप

काठमाडौं । साइपाल एकेडेमी ‘ए’ ले प्रथम आइडियल कप अन्तरकलेज सिक्स ए साइड छात्र फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

आइडियल इंग्लिस उमाविको आयोजनामा चाबहिलको गणेशस्थानमा भएको फाइनलमा साइपालले आफ्नै ‘बी’ टिमलाई १–० को झिनो गोल अन्तरले पराजित ग¥यो । उजन लामाले निर्णायक गोल गरे । उपाधिसँगै साइपाल ‘ए’ ले १० हजार नगद पुरस्कार पायो । साइपाल ‘बी’ ले ५ हजार नगदमा चित्त बुझायो ।

साइपाल ‘ए’ का सुशन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । साइपाल ‘ए’ कै द्वय कृष्ण लामा गोलरक्षक तथा अजय तामाङ डिफेन्समा उत्कृष्ट ठहरिए । नासा इन्टरनेसनल कलेजका विसन मगर उत्कृष्ट मिडफिल्डर चुनिए ।

विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री पुरुषोत्तम पौडेल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, आइडियलका निर्देशक पूर्ण लामा र आइडियलका कोओर्डिनेटर श्यामबाबु पोखरेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न १६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । (सौस)

प्रतिक्रिया