सरकारको अनुभूति देऊ

चार महिनादेखिको मधेस आन्दोलन र भारतीय नाकाबन्दीले देश आक्रान्त बनेको छ । जनताको भान्सा चिसिएको धेरै भइसकेको छ । नागरिकका आ“खा समाचारका पानामा स्थिति सहज भएको शीर्षकको समाचार मात्र खोज्न थालेका छन् । सरकार भने बिल्कुल बेखबरजस्तो देखिन थालेको छ । मुलुकमा सरकार भएको अनुभूति हुन छाडेको छ । तर, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली श्रीमतीलाई पूmल दिएको फोटो खिचाउन र टिकट किनेरै फिल्म हेर्ने कुरा गर्नमा मस्त छन् । उनले ‘निरो’ लाई पनि पछि पारिसकेको हल्ला व्याप्त छ । ‘निरो’ यस्ता राजा हुन् जो नगर दनदनी बलिरह“दा दरबारमा बसेर वा“सुरी बजाउनमा मस्त थिए । अहिले प्रधानमन्त्री ओलीलाई आम जनताले सोही भूमिकामा देख्न थालेका छन् । उनलाई जनताको दुःखस“ग खासै मतलब देखिएको छैन । होइन भने उनी समस्या समाधान गर्ने प्रमुख तीन दलको बैठक स्थगित गरेर उद्घाटनजस्ता कार्यक्रमलाई बढी महत्व दि“दैनथे ।

नाकाबन्दीका सुरुआती दिनमा काठमाडौंका सडकमा युवाहरूको ठूलो जमात राष्ट्रयताले ओतप्रोत भएका गीत गाइरहेका देखिन्थे भने अहिले परिस्थिति फेरिएको छ । हिजोआज त्यही युवा जमात ‘सरकार कहा“ छ ?’ भन्ने प्ले कार्ड बोकेर हि“डेको देखिन थालेको छ । समस्या समाधान गरेर जनतालाई राहत दिनुपर्ने भूमिकामा रहेका मुलुकको प्रमुख कार्यकारी पदमा आसिन व्यक्ति समस्या बल्झाउन तिर लागेको आभास हुन थालेको छ । आन्दोलनरत् मधेसी मोर्चाले ‘सीमांकन’ लाई बटमलाइन भनिरहेका बेला प्रधानमन्त्रीजस्तो जिम्मेवार निकायले ‘एउटा गाउ“ हैन एउटा वडा पनि टुक्राइन्न’ भन्नुले के अर्थ दिन्छ । एकातिर वार्तामा तीन महिना भित्र सीमांकनको विषय टुंग्याउने गरी राजनीतिक समिति बनाउने कुरा गरिन्छ र अर्कोतिर खुल्ला सभामा एउटा वडा पनि नदिने कुरा गर्नुले के अर्थ दिन्छ । प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन ओलीले आपूmलाई भोट नदिनेलाई पनि हिक्क–हिक्क बाडुली लगाउने र पक्षमा मतदान गर्नेलाई गर्व गर्न लायक हुने गरी काम गर्ने बताएका थिए । अहिले उनका ती बोलीले उनैलाई खिज्याइरहेको आम जनताले बुझ्न थालेका छन् । ६ जना उपप्रधानमन्त्री बनाएकामा उनले आरोप त खेप्दै आएका नै थिए । अहिले त्यसलाई पनि उछिनेर मन्त्रालय फुटाएर भए पनि सत्ता टिकाउने खेलमा लागेको प्रष्ट छ । सरकार र जीवनकै आयुको पर्वाह नभएको बताउने त्यही मुखले सत्ता लम्ब्याउन मन्त्रालय कसरी थप्न सकेका होलान् भन्ने चर्चा चल्नु अस्वभाविक होइन ।

केही दिन यता एमालेबाटै सरकारलाई खतरा भएका समाचार आएका छन् । ओलीस“गै पार्टीलाई सती लाग्ने हो भने त कुरा बेग्लै होला हैन भने एमालेबाटै सरकारलाई खतरा हुनु स्वभाविक हो । चिसोले भूकम्पपीडित भकाभक मरिरहेका छन् । बजारमा सबै प्रकारका उपभोग्य वस्तुको चरम अभाव छ । यस्तो समयमा सरकार थप जिम्मेवार बन्न आवश्यक छ र जनतालाई सरकार भएको अनुभूति दिलाउन आवश्यक छ ।

प्रतिक्रिया