चिनियाँ नागरिक पक्राउ

रसुवा, १३ पुस । रसुवा जिल्लाको टिमुरे–४ स्थित भन्सार इलाकाबाट सशस्त्र प्रहरी बल(एपिएफ)को टोली र भन्सार कार्यालयको टोलीले करिब एक किलो चाँदीसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । आइतबार भन्सारमा चेक जाँच गर्ने क्रममा २७ वर्षीय चिनियाँ नागरिक लि जीनलाई पक्राउ गरिएको एपिएफले जनाएको छ ।
एपिएफ टोलीले नियमित जाँच गर्नेक्रममा चिनको केरुङ्बाट काठमाडौंतर्फ आउँदै गरेको ग १ य ८४८ नम्बरको महिन्द्रा स्कारपियो गाडीमा सवार उनको साथमा उक्त चाँदी फेला परेपछि पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया