राष्ट्रिय खेलाडी मन्डे सम्मानित

भक्तपुर । करातेका राष्ट्रिय खेलाडी मन्डेकाजी श्रेष्ठ सम्मानित भएका छन् ।

श्रेष्ठलाई थिमीको शुभश्री बचत तथा ऋण सहकारी संस्थाले सम्मान गरेका हो । संस्थाको आठौँ वार्षिक साधारण सभा २०७२ मा आयोजित शुभश्री वर्र्ष उत्कृष्ट खेलाडीमा कराते खेलाडी मन्डे काजी श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका श्रेष्ठलाई प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी संघ लि (नेफ्स्कुन)का पूर्वअध्यक्ष कैलाशभक्त प्रधानांग र संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले संयुक्त रूपमा सम्मानपत्र तथा नगद १० हजार पुरस्कारद्वारा सम्मान गरे । संस्थाका सचिव काशीभक्त कायस्थले समयलाई मध्यनजर राखी खेलकुद जगतमा आगामि समयमा पनि सहयोग गर्दै जाने जानकारी दिए । (सौस)

प्रतिक्रिया