तीन पूर्वआइजीपी धरौटीमा छुटे

apf walaकाठमाडौं, १२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका तीन पूर्व प्रमुखलाई सशस्त्र प्रहरीको सामान ढुवानीमा फर्जी बिल पेश गरेको अभियोगमा मुद्या चलाएको छ । अख्तियारले पुर्व महानिरीक्षकहरु सनत कुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र बासुदेव ओलीलाई आइतबार बयानकोलागी बोलाएको थियो ।

अख्तियारकै सिफारिसमा निलम्बिनमा परेका बहालवाला महानिरीक्षक कोषराज वन्त १० करोड रुपैयाँ धरौटी बुझाएको एक साता नपुग्दै तीन पूर्व महानिरीक्षकहरुलाई अख्तियारले बयानको लागि बोलाएको हो । सशस्त्र प्रहरीको सामान ढुवानीमा फर्जी बिल पेश गरेको अभियोगमा अख्तियारले सनत कुमार बस्नेतसँग ८ करोड रुपैयाँ धरौटी मागेको छ । यसैगरी शैलेन्द्रकुमार श्रेष्ठसँग १ करोड र बासुदेव ओलीसँग ७० लाख रुपैयाँ धरौटी मागेको अख्तियार स्रोतले जनाएको छ ।

पुर्व महानिरक्षकहरुले अख्तियारको हिरासतमा रात कटाउनबाट जोगिन अख्तियारले मागेको धेरौटी बुझाएका छन् । तीनै जनाले बैंक ग्यारेन्टी राखेर छुटेको अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिएका छन् । यो सँगै छिनका छिनमै धरौटी रकम बुझाउन सक्ने गरी भ्रष्टचार भएको सर्वसाधरणको ठम्याइ रहेको छ । यस अगाडी बहालवाला महानिरिक्षक वन्तले १० करोड धरौटी तिरिसकेका छन् ।

पक्राउ परेका मध्ये बासुदेव ओलीले ०६३ सालमा सशस्त्र प्रहरी बलको महानिरिक्षक पदमा पुगेका व्यक्ति हुन् । उनले ६१ सालमै निमित्त तथा कामुको जिम्मेवारी सम्हालेका थिए । उनलाई तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाले सशस्त्र प्रहरीको नेतृत्व सुम्पिने निर्णय गरेका थिए । ओली नेपाल प्रहरीको एसएसपीबाट सशस्त्र प्रहरीबलमा डिआइजी भएर गएका थिए । नेपाल प्रहरीको एसएसपी हुँदा रविराज थापा ओली भन्दा अगाडि भएपनि जनआन्दोलन दमनको आरोपमा लागेका थापा निलम्बनमा परे पछि उनलाई गृहमन्त्री सिटौलाले गृह मन्त्रालयमा सुरक्षा सल्लाहाकार बनाएर राखेका थिए । त्यहिबाट एआइजीको पाँच वर्षे पदावधि सकेर थापा घर गए ।

उस्तै आरोप लागेका ओलीलाई भने तत्कालिन गृहमन्त्री सिटौलाको साथले सशस्त्र प्रहरी बलको नेतृत्वमा पुगे । तीनै ओली अवकास पाएको करिब ६ वर्षपछि भ्रष्टाचार गरेको आरोपमा अख्तियारको फन्दामा परेका छन् । अख्तियारले पक्राउ गरेको अर्का पूर्व आइजीपी सनतकुमार वस्नेत नेपाली सेनाबाट सशस्त्र प्रहरीमा गएका व्यक्ति हुन् । उनी नेपाली सेनाको प्रमुख सेनानीबाट वस्नेत एसएसपी भएर सशस्त्र प्रहरी बलमा पुगेका हुन् । ०६६ सालबाट करिब २ वर्ष सशस्त्र प्रहरी बलको नेतृत्व सम्हालेका

सनतले संगठनलाई आधुनिकिकरण गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन्छ । तर, उनले वन्तकै शैलीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले अख्तियारमा ८ करोड धरौटी बुझाएका छन् ।

त्यस्तै करिब ७ महिना मात्रै सशस्त्रको नेतृत्व सम्हाल्ने अवसर पाएका शैलेन्द्र कुमार श्रेष्ठलाई अख्तियारको फन्दामा परेका छन् । नेपाली सेनाबाटै आएका शैलेन्द्र सशस्त्रभित्र खरिद प्रक्रियामै विवादमा तानिएका व्यक्ति हुन् । उनले आफ्नो नेतृत्वका समयमा जवानहरुका लागि आवश्यक सामग्री खरिदमा व्यापक अनियमितता गरेको पाइएको अख्तियार श्रोतले जनाएको छ । उनले १ करोड रुपैया अख्तियारलाई बुझाएका छन् ।

प्रतिक्रिया