मंसिरे पुर्णेमा विभिन्न पर्व

sasasaकाठमाडौं, १० पुस । किराती समुदायको उद्योलीपर्व आज देखि सुरु भएको छ । चिसोका कारण विभिन्न चराचुरुङगीहरु हिमालबाट बेसी झर्ने सिजन भएको जनाउ दिने यो समयलाई किरात समुदायले प्राकृतिक रुपमा नया बाली उठाइसकेको भन्दै मनाउने गरेका छन् । प्रकृतिपुजक किरात समुदायले आ–आफ्नै संस्कार संस्कृति अन्र्तगत रहेर यो पर्वलाई मनाउने गरेका छन् ।

किरात समुदाय भित्रको राई र लिम्बु समुदायले साकेला, भुमे, चासोक, तङनाम जस्ता नाम दिएर यो पर्वलाई मनाउदै आएका छन् । उनीहरुले नया बाली भित्रयाउने तथा आफ्नो कुलपित्रलाई पुजा गर्ने यो मौसमकका रुपमा ग्रहण गर्दै आएका छन् । उनीहरुले मंसिरे पूणिर्माको यही समयलाई उधौली अर्थात् चासोक तङनामका रुपमा मान्दै आएका छन् ।

limbuचासोक तङनाम

अहिले पूर्वका लिम्बू जातिको यो महान् चाडको उल्लास चलिरहेको छ । पूर्वी नेपालमा धुमधामसाथ मनाइने यो पर्व दुई सातासम्म विविध कार्यक्रम गरी मनाइन्छ । प्रकृति पूजक आदिवासी लिम्बु जातिले कृषिमा आधारित जीवनशैली अपनाई आएको र ऋतु परिवर्तनसँगसँगै खेतबारीमा लगाएको अन्नबाली बटुल्ने समयलाई चासोक तङनाम भन्ने गर्दछन् ।

यसलाई न्वागी उत्सव पनि भन्ने गरिएको लिम्बू संस्कृतिबारे जानकारहरु बताउँछन् । लिम्बु संस्कृति अनुसार साम्वा र सिंहफेदाङबाले न्वागी पूजा अर्चना गरेपछि चासोक तङनाम सुरु भएको मानिन्छ । नेपाली भाषामा ‘चासोक’ को शाब्दिक अर्थ न्वागी र ‘तङनाम’ को अर्थ चार्डपर्व हुन्छ । चासोक तङनामलाई लिम्बुजातिको पौराणिक मुन्धुममा आधारित मुख्य चाड मानिन्छ ।
पूर्वी नेपालका विभिन्न ठाउँमा चासोक तङनामको रमझममा लिम्बू युवायुवतीको पनि बाक्लो जमघट सुरु हुन्छ । किरात मुन्धुमअनुसार वर्षलाई दुई भागमा बाँडेर पर्व मनाइने गरिएको छ ।

वैशाखे पूणिर्मादेखि मंसिर पूणिर्मासम्म उभौली पर्व र मंसिरे पूणिर्मादेखि वैशाख पूणिर्मासम्म उधौली पर्व भनिन्छ । उभौली पर्वमा तराईतिर गर्मी बढेर माछा, चराचुरुङ्गीसमेतले उँभो लेकतिर बासस्थान सार्ने भएकाले पनि उभौली भनिएको व्यवहारिक भनाइ लिम्बू जातिमा रहँदै आएको छ ।

Sakela_3.24291034_stdसाकेला, भुमे

त्यस्तै उधौलीका समय लेक वा पहाडतिरको वातावरण चिसो हुने हुँदा त्यहाँका चराचुरुङ्गी मधेसतिर झर्ने गरेको भन्दै किरात राईहरुले आफ्नो भुमी पुज्ने तथा साकेला नाच्दै आएका छन् । मौसमअनुसार पर्व मनाउने जाति राई समुदायले प्रकृतिको पूजा गरेर आफ्नो दिनचर्या सम्पन्न गर्ने गर्छन् । युवा पुस्तामा आफ्नो मौलिक चाड पर्व र सांस्कृतिक मूल्य मान्यताबारे आकर्षण गराउन साताव्यापी रुपमा यो चाड मनाइन्छ ।

प्रकृतिपूजक राइ जातिको पौराणिक मुन्धुममा आधारित चासोक तङनामको अवसरमा सांस्कृतिक माहोल फेरि एकपटक तातेको छ । निरन्तर खोजी गर्ने क्रममा उनीहरुले प्रकृतिको कृपाबाट कोदो, घैया धान, कोदोसँगै फल्ने विरुवा, जुनेलो, लगायत अन्नका बीउबिजन प्राप्त भएको थियो । यो पर्व कृषिकर्मसँग सम्बन्धित छ । बाली भित्र्याउने बेलामा मनाइने यो पर्वले किरात समुदायमा विशेष महत्व राख्ने गरेको छ ।

आफ्नो भाषा, रीतिरिवाज, संस्कार–संस्कृति र धर्मकर्मलाई निरन्तरता दिने क्रममा उधौली पर्वको महत्व र चर्चा झन् बढ्दै गइरहेको छ । पूर्वमा धाननाचको महत्व प्रत्येक वर्ष बढ्दै गएको पाइन्छ ।

yomari fromयोमरी पूणिर्मा अर्थात धान्य पूणिर्मा पर्व

नेवार समुदायमा भने मार्गशीर्ष शुक्ल पूणिर्माका दिन आज योमह्री पुन्हिः अर्थात् योमह्री पूणिर्मा पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकाका नेवार समुदायले चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूणिर्माका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूणिर्मा मनाउने गरिएको हो ।
यस दिनलाई ज्यापू दिवस र धान्य पूणिर्माका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैडु पूजा गर्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

free_christmas_vector_art_characters_pack_by_pixeden-d4j5zj0क्रिसमस डे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।
सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ ।
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि र्पुयाएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घका महासचिव सिबी गहतराजले जानकारी दिए । ‘हाल नेपालमा आठ हजार पाँच सय चर्च र ३० लाखभन्दा बढी क्रिस्चियन धर्मावलम्बी छन, विसं २०६४ अघि चर्चमा मात्र सीमित हुने गरेको क्रिसमस हाल सार्वजनिकस्थलमा पनि मनाइन्छ’ गहतराजले भने ।

प्रतिक्रिया