अशक्त महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

काठमाडौं, ९ पुस । शारीरिक रूपमा अशक्तरहेकी एक महिलालालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं शंकरापुर नगरपालिका–११ का ६६ वर्षीय हरिनाथ श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । शाररिक रुपमा अशक्त रहेकी ५४ ववर्षीय महिलालाई कोही नभएको मौकाछोपी हरीनाथले जर्बजस्ती करणी गरिरहेको अवस्थामा आफन्तले भेटेपछि उनी फरार रहेका थिए ।

जर्बजस्ती करणी गरेर भागेपछि नरहरीले पिडितका आफन्तलाई फोन गरेर हल्ला नगर्न दबाव दिदैँ आएको बेला प्रहरीले उनलाई मुद्वा मिल्ने भो आउ भनेर बोलाएपछि प्रहरीको फन्दामा परेका हुन् ।

गत वैसाख महिनामा गएको भूकम्प पछि बनाएको बाँसको टहरामा बस्दै आएका पिडितको परिवार कामविशेषले घरबाहिर गएको मौका छोपी ५४ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । भूकम्पले घर भत्केपछि टहरामा आश्रय लिइरहेका पीडित आँखा देख्दैनन् ।

पीडित सामान्य परिवारका भएकाले पीडकले यस्तो दुव्र्यवहार गरेको स्थानीयले बताएका छन् । पिडकका आफन्तले भनसुनका आधारमा मुद्दा कमजोर पार्न विभिन्न प्रपञ्च रच्न थालेकाले स्थानीयले भने कारवाही नहुने हो की भन्ने पिरलागेको बताउँछन् । फटाहा लाई कारवाही भएन भने अरुपनि सामाजिक अपराध बढ्न सक्ने भन्दै उनीहरुले कडा कार्यबाहीको माग समेत गरेका छन् ।

अभियुक्तलाई कुनै हालतमा गल्ती अनुसार कारवाही हुने बौध प्रहरी वृत्तका प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीले बताएका छन् । उनले भने,‘हामीले कानुनी प्रक्रिया अगाडि बढाइसकेका छौं,’ दोषीलाई कारबाही हुने भन्दै उनले सरकारी वकिल मार्फत मुद्या अगाडी बढाउन तयारी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया