राष्ट्रपति दुव्र्यवहार घटनाको छानविन गर्न समिति गठन

काठमाडौं, ६ पुस । जनकपुरमा राष्ट्रपति माथी भएको दुव्र्यवहारको छानविन गर्न सरकारले चार सदस्यीय छानविन समिति गठन गरेको छ । विवाहा पञ्चमीको अवसरमा रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुव्र्यवहार भएको घटना छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको हो ।

मन्त्रालयले सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्सीय समिति गठन गरिएको हो । समितिमा सहसचिव केसीसहित, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्तबहादुर पाल र सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

राष्ट्रपति भण्डारी विवाह पञ्चमी महोत्सवमा पूजा अर्चना गर्न जनकपुर गएकाबेला आन्दोलनकारीले कारकेडमा पेट्रोल बम र ढुंगामुढा प्रहार गरेका थिए । एकल महिला मन्दिर भित्र प्रवेश गर्दा मन्दिर ‘अशुद्ध’ भएको भन्दै स्थानीय आन्दोलनकारीले गंगाजल छर्किएका थिए ।

आइतबारको मन्त्रिपरिषद बैठकले घटनाको निन्दा गर्दै दोषिलाई कानुन् बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया