१२ वर्षीय विनय युरोपमा सफलता चुम्दै

taekwondo binaya]काठमाडौं ३ पौष । बिनय कार्की नेपाली खेलक्षेत्रमा एक नौलो नाम भएपनि यूरापियन राष्ट्रहरूमा भने उनि निकै चिरपरिचित छन् । त्यसको एक मात्र कारण हो उनि अष्टे«लियामा बसेर कयौँ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालीको शान र विर गोरखालीको रूपमा आफ्ना प्रतिद्धन्दीलाई सहज रूपमा पराजग गर्नु ।

पछिल्लो समय उनले युरोपीयन राष्ट्रहरूको खेलमा आफ्नो उपस्थितिलाई बलियो साबित गर्दै थुप्रै प्रतियोगिता जिती सकेका छन् । अष्ट्रीयामा जन्मेका विनयले १२ वर्षको कलिलो उमेरमा नै ३२ अन्तर्राष्ट्रिय र २३ राष्ट्रिय प्रतियोगितामा पदक तथा कपहरू जितीसकेका छन् । नेपालीमा एउटा उखान नै छ,‘हुने बिरुवाको चिल्लो पात’ त्यही अनुरूप नै उनि सानै उमेरदेखि नै एक चम्कीला ताराको रूपमा उदाएका थिए ।

तर, विदेशमा नै बसेर कयौँँ पदक जितीसकेका बिनयको लक्ष्य भने नेपालको राष्ट्रीय टिमबाट नै खेल्ने हो । नेपाली माटो र सूर्यचन्द्र अंकीत नेपालको झण्डा मुनि रहेर विश्वखेलकुद जगतमा नेपालको उपस्थिति बलियो रहेको प्रमाणीत गर्न चाहन्छन् उनि । शानै उमेरदेखि मार्सलआर्ट प्रति निकै रुचि राख्ने भएकाले बाबु विकास कार्की र आमा निरु कार्कीले उनलाई ६ वर्षको उमेरमा नै तेक्वान्दो एकेडमिबाट भर्ना गरीदिएका थिए । त्यही अनुरूप निकै अनुशासित रहेको बिनयले बाबुआमाको आशालाई प्रमाणित पनि गरे ।

खेलमार्फत नै केही गर्ने लक्ष्य पूरा गर्न उनि हाल दिनरात मेहनत गरीरहेका छन् । तर उनि विदेशी भूमी भन्दा नी नेपाल आमाको सन्तानको रूपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न चाहन्छन् । त्यसैले पनि केही समय अगाडी नेपालमा आएर खेल्ने चाहाना ब्यक्त गरेको थिए ।

तर उनको त्यो चाहाना भने उमेरपुरा नभएकाले पुरा हुन सकेन । तथापी उनि पुनह नेपालबाट खेल्ने प्रतिज्ञाका साथ तालिममा नै ब्यस्त छन । पछिल्लो समय सफलताले पछ्याएको विनयले लण्डन ओपन, बर्लीन ओपन, पेरिस ओपन, बर्लिन ओपन, अष्ट्रीयन ओपन र वल्र्ड चिल्ड्रेन तेक्वान्दो च्याम्पियनसिप लगायत थुपै्र प्रतियोगितामा पदक हात पारीसकेका छन् । उनले लण्डनमा भएको दसौँ अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक चुमेका थिए ।

तेक्वान्दोसँगै उनि पौडी, स्केटिङ, स्कीइ र फुटबलका राम्रा खेलाडी समेत हुन् । सानै उमरेदेखि बहुप्रतिभाका धनि विनय शारिरिक रूपमा निकै तन्दरुष्ट छन् । तेक्वान्दो खेलाडीको जस्तै उनि अग्लो उचाइका छन् । त्यही अनुरूप उनको सफलता र लक्ष्यपनि विश्वको सर्बोच्च शिखर सगरमाथाको प्रतिनिधीत्वको रूपमा अगाडी बढीरहेको छ । करातेका राष्ट्रिय खेलाडी मन्डेकाजि श्रेष्ठ भन्छन् –उनको मेहनत र परिश्रमले उनि एक दिन नेपालको राष्ट्रिय टिमबाट खेल्नेछन् ।

उनका बाबुको चाहना पनि नेपाली भएर अन्तर्राष्ट्रियस्तरमा छोरोले खेलोस भन्ने हो । विनयका बाबु भन्छन्–ऊ यहीँ जन्मेहुर्के पनि उसमा नेपालप्रतिको मायाँ र लगाव छ त्यही भएर हामी पनि उसका चाहना पूरा होस् भन्ने चाहन्छाँै । विनयमा अष्ट्रीयाको राष्ट्रिय टिमबाट पनि खेल्न सक्ने क्षमता छ तर उसको लक्ष्य नेपालबाट नै खेल्ने भएकाले हामीले पनि उसलाई साथ दिएका छौँ –उनको बाबू विकासले भने ।

प्रतिक्रिया