पश्चिमाञ्चलविरुद्ध पुलिसको रोमाञ्चक जित

dhorpatan volleyballकाठमाडौं, २ पुस । सर्वाधिक पुरस्कार राशिको ढोरपाटन राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगितामा बिहीबार पुलिसले रोमाञ्चक जित हात पारेको छ । पश्चिमाञ्चलविरुद्धको खेलमा पुलिसले ३–२ को प्रतिस्पर्धात्मक सेटहरूमा जित दर्ता गरेको थियो । पश्चिमाञ्चलसँग पुलिसले पहिलो सेट २५–२३ को संघर्षपूर्ण जित निकाल्दै उसलाई दबाबमा राख्यो ।

निकै रोमाञ्चक बनेको दोस्रो सेट पश्चिमाञ्चलले २५–२० ले जिते पछि खेलले नयाँ मोड लियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा पुलिसले २६–२४ ले बाजी मा¥यो । चौथो सेटमा पश्चिमाञ्चलले उत्कृष्ट पुनरागमन गर्दै पुलिसलाई २५–१५ मा रोक्यो । निर्णायक सेटमा भने पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै पश्चिमाञ्चलाई १५–११ ले रोक्यो । यसअघि पहिलो खेलमा अर्को विभागीय टोली नेपाल आर्मीले जित हात पा¥यो । आर्मीले बुटवलको एभरेस्ट स्कुललाई सोझो सेटमा हराएको थियो । आर्मीले पहिलो सेट २५–१६, दोस्रोे २५–१८ र तेस्रो सेट पनि २५–१० ले जित्दै खेलमा सहज जित दर्ता ग¥यो ।

बिहीबारबाट प्रतियोगिताको सबै टोलीको पहिलो लिगको खेल सकिएको छ । तथापि प्रतियोगिताको दुई बलियो टोली एपिएफ र न्यू–डायमन्डको भने यसअघि नै पहिलो लिगको खेल सकिएको थियो । लिगमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब शीर्ष स्थानमा छ । १५ खेल खेलेको एपिएफको ४५ अंक छ । एपिएफ लिगकै एक मात्र अपराजित टोली हो ।

दोस्रो स्थानमा रहेको न्यू–डायमन्डको १२ खेलबाट ३३ अंक छ । न्यू–डायमन्डले पनि एपिएफसँगको एक खेल मात्र गुमाएको छ । तेस्रो स्थानमा पुलिसले ९ जित र दुई हार बेहोर्दै २७ अंक जोडेको छ । चौथो स्थानमा पश्चिमाञ्चल भलिबल संघ छ । पश्चिमाञ्चलले ८ जित र ३ हार बेहोर्दैै २४ अंक जोडेको छ । ढोरपाटन स्पोटर््स क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले २ लाख ६० हजार तथा उपविजेता टोलीले १ लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया