भुवनलाई दिनेशको स्वागत सौर्य समाचार

bhuwan kc copyकाठमाडौं, २ पुस । नेपाली फिल्म क्षेत्र अहिले फागुन २१ गतेको भिडन्तलाई लिएर चर्चामा छ । यो मितिमा अभिनेता तथा निर्माता भुवन केसीको ‘ड्रिम्स’ फिल्म र निर्देशक दिनेश डिसीको ‘फूलै फूलको मौसम तिमीलाई’ एकसाथ लाग्दैछन् । मेकिङ र ब्यानरका हिसाबले यी दुबै फिल्म ठूला छन् । उसो भए, यी २ को भिडन्तले कसलाई कति असर गर्ला त ?

निर्देशक दिनेश डिसीलाई भुवन केसी आफूसँग भिडन्त गर्न आएको लगेको छ । यो मितिमा आफूले पहिले नै प्रदर्शन तोकेकाले भुवनसँग आफू नभई आफूसँग भुवनको भिडन्त हुन लागेको दिनेशको वुझाई छ । तर, पनि उनले भिडन्त गर्न आउने भुवन केसीलाई दाइ भन्दै स्वागत गर्ने बताएका छन् ।

निता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका रहेको ‘फूलै फूलको मौसम तिमीलाई’ प्रदर्शन हुने भनिएको १ बर्ष बढी भैसकेको छ । तर, दिनेशले बारम्बार प्रदर्शन मिति सारेका छन् ।

भुवन केसीले पनि फागुन २१ मा फिल्म ल्याउने भनेर तोकेपछि अहिले कसको फिल्मले कसलाई असर गर्छ भन्ने बहस पनि सुरु भएको छ ।

भुवन केसी र दिनेश डिसी दुबैले आफ्नै व्यानरमा फिल्म बनाएका हुन् । यसैले पनि यी २ का लागि फिल्मको व्यापार महत्वपूर्ण छ । तर, ड्रिम्समा छोरा अनमोल केसी भएकाले पनि भुवन ढुक्क हुने आधार धेरै छ । किनकी, अनमोलको फिल्म हेर्न उनका फ्यानहरू हलमा पुग्ने गर्छन् ।

प्रतिक्रिया