व्यावसायीको सुरक्षा उच्चप्राथमिकतामा

दाङ, २ पुस । देशको अर्थतन्त्र धानेका व्यवसायी र उद्योगीहरूको सुरक्षामा कुनै कसर बाँकी नराखी व्यावसायिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्न सरकार तयार रहेको गृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।

व्यवसायीहरूको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेको भन्दै उनले उद्योगी व्यवसायीहरूको सहयोगविना देशको अर्थतन्त्र बलियो नहुने बताएका हुन् ।

तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूको भेटमा गृहमन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वयवसायीहरूको सुरक्षालाई राज्यले नै प्राथमिकतामा राखेको बताए । मन्त्री बस्नेतले उद्योगी व्यवसायीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर नै राज्यले औद्योगिकनीति अनुरूप औद्योगिक सुरक्षाबल गठन गरेको बताए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा काठमाडौं पुगेको टोलीले गृहमन्त्री बस्नेतसँग भेटी तुलसीपुर–९ दोघरेस्थित सशस्त्र वेश क्याम्पको स्थायित्व र औद्योगिक सुरक्षा बल स्थापना लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । सो अवसरमा मन्त्री बस्नेतले तत्काल प्रक्रिया अगाडि बढाउन सचिवलाई निर्देशन दिएका छन् । भेटमा एकीकृत नेकपा माओवादीका नेता निर्मल आचार्य, वाणिज्य संघका मानार्थ सदस्य यज्ञबहादुर केसीलगायतको सहभागिता रहेको छ । टोलीले तुलसीपुरको एयरपोर्ट नियमित सञ्चालन, इन्धन डिपो स्थापनालगायतका विषयहरूमा विभिन्न मन्त्री एवं नेतासँग भेटने कार्यक्रम रहेको वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिएका छन् ।

प्रतिक्रिया