तत्कालै दक्षिणसँग वार्ताको कुनै सम्भावना छैन– उत्तर कोरिया

सोल । उत्तर कोरियाले तत्कालै दक्षिणसँग वार्ताको कुनै सम्भावना नरहेको जानकारी दिएको छ । यी दुई देशबीच वार्ताको तयारी जारी रहेको बताइएको थियो । तैपनि दक्षिणले भने सो वार्ताको तत्कालका लागि कुनै पनि सम्भावना नरहेको जानकारी दिएको हो । यी दुई देशबीचको उपमन्त्रीस्तरीय वार्ता शनिबार सम्पन्न भएको छ । तर, त्यस वार्तामा भने उच्चस्तरीय वार्ताको कुनै टुंगो लाग्न सकेन ।

उक्त वार्ताका क्रममा उच्चस्तरीय वार्ता हुन नसकेको विषयमा भने एकले अर्काेलाई दोषारोपण गरेका थिए । एक अर्काेका कारणले सो वार्ता हुन नसकेको आरोप लगाइएको थियो ।

विगत लामो समयदेखि यस्तो औपचारिक वार्तालाई अस्वीकार गर्दै आएका यी दुई देशले पछिल्लो समयमा आपसी वार्ताको प्रस्तावलाई स्वीकारेका थिए । तर, हालका लागि सो सम्भव नभएको अर्काे समाचारमा उल्लेख गरिएको हो । गएको अगस्ट महिनामा यी दुई देशबीचको आन्तरिक द्वन्द्व निकै चर्किएपछि र त्यसका कारण सैन्यस्तरमा नै आक्रमणको अवस्था देखापरेपछि यी दुई देशबीच एक औपचारिक वार्ता भएको थियो ।

उता सन् २०१३ मा नै यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने भनी व्यापक मात्रामा तयारी पनि भएको थियो । सो वार्ता ६ वर्षपछि पहिलोपटक दुई देशका उच्चस्तरीय अधिकारीबीच हुने भनिएको थियो ।

यसै वार्ताकै क्रममा सोमबार सो वार्ताले निरन्तरता नपाउने र तत्कालका लागि उच्चस्तरीय वार्ता पनि हुन नसक्ने जानकारी उत्तर कोरियाको वार्ता टोलीका संयोजकले सोमबार दिएका हुन् ।

यी दुई देश आपसमा टुक्रिएर दुई अलग राष्ट्र बनेपछि शत्रुतापूर्ण सम्बन्ध रही आएको छ । समय समयमा आपसी वार्ता हुने गरेको भएपनि त्यसले असल छिमेकी सम्बन्धका रूपमा भने विकास गर्न सकिरहेको छैन ।
( एजेन्सी)

प्रतिक्रिया