१२ औँ साग खेलाडी छनोट

boxing copyकाठमाडौं, २७ मंसिर । नेपाल आर्मी क्लब ‘ए’ का दानबहादुर दर्लामी, नक्साल ‘ए’ का किशोर शर्मा, सशस्त्र प्रहरी बलको एपिएफ क्लब ‘ए’ का पुरन राई र नेपाल प्रहरी क्लब ‘ए’ का भूपेन्द्र थापा भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको पुरुष ६० केजीमा दानले नक्साल ‘बी’ का युवराज कार्की, किशोरले ललितपुर ‘बी’ का दीपेश शर्मा, पुरनले ललितपुर ‘ए’ का समिर गुरुङ तथा भूपेन्द्रले आर्मी ‘बी’ का नेरेश देवानलाई पराजित गरे ।

पुरुष ४९ केजीमा नक्साल ‘बी’ का मदनकृष्ण डंगोलले रोल्पाका चन्द्रबहादुर थापा, बाजुराका गणेश बोहराले एपिएफ ‘बी’ का आश तामाङ तथा नक्साल ‘ए’ सुशील थापाले ललितपुर ‘ए’ का तेजु पुन मगरलाई हराउदै सेमिफाइनलमा स्थान बनाए । ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरीले एपीएफ ‘ए’ का विक्रम परियार, सुनसरीका सुलभराज तुलाधरले प्रहरी ‘ए’ का रुद्र हमाल, नक्साल ‘ए’ शक्ति लामाले नक्साल ‘बी’ का गणेश थापा तथा आर्मी ‘बी’ का सुवास विकले रोल्पाका हरिबहादुर सुनारलाई पाखा लगाउदै सेमिफाइनलमा पुगे ।

नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५६ केजीमा एपीएफ ‘ए’ का दिनेश चन्दले नक्साल ‘बी’ प्रज्ज्वन पराजुली तथा आर्मी ‘बी’ का विमल रोका मगरले नक्साल ‘ए’ का सुदीप लामालाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठले प्रहरी ‘ए’ का सुमन लामा, रूपन्देहीका यादव थापाले रोल्पाका विपिन रोका मगर, नक्साल ‘ए’ का निवास तण्डुकारले ललितपुर ‘ए’ का अनुज भण्डारी तथा आर्मी ‘बी’ का सुरेश नेपालीले एपिएफ ‘ए’ सुमन लामालाई निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ६९ केजीमा आर्मीका विष्णुप्रसाद आर्मी ‘ए’ का विष्णुप्रसाद घलेले आर्मी ‘बी’ का सन्दिप बेन्जो तथा ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामाले एपिएफ ‘बी’ का अमर विष्टलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाए ।

प्रतिक्रिया