कलाकार संघको अध्यक्षमा बोगटी

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रामकेशर बोगटी विजयी भएका छन् । शनिवार सम्पन्न भएको निर्वाचनमा बोगटीले प्रतिद्वन्द्वी लय संग्रौलालाई ७८ मतले पछि पार्दै विजयी भएको हो ।

५६६ जना मताधिकार भएका कलाकार मध्ये ४०९ जनाले मतदानमा सहभागिता जनाएका थिए । बोगटीले २३८ र संग्रौलाले १६० मत प्राप्त गरे भने अध्यक्षका अर्का उम्मेद्वार विशाल बिष्टले जम्मा १० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा अत्याधिक मतसहित सानु ताम्राकार विजयी भइन् । विजयी ताम्राकारले सबैभन्दा बढि २७७ मत प्राप्त गरेकी थिइन् । उपाध्यक्षमा नै १८१ मत सहित रेजिना उप्रेती पनि विजयी रहिन् । महासचिवमा २२५ मत प्राप्त गर्दे सरिता लामिछाने र सचिव पदमा चेत बहादुर सिंहले १९६ मतका साथमा विजयी बने । कोषाध्यक्ष पदमा २०४ मत प्राप्त गरी बिमला केसी विजयी भईन् ।

त्यस्तै सदस्यमा उम्मेद्वारी दिएका कलाकार शिवहरी पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, शिवहरी नेपाल, कविता गेलाल, रश्मी भट्ट, धनबहादुर बमजन, बिष्णुप्रसाद सापकोटा पनि विजयी भएका छन् । (सौस)

प्रतिक्रिया