‘सपनामा धक्का लाग्यो’

काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भइसकेपछि पूरा गर्नुपर्ने धेरै सपना भए पनि अहिलेको अवस्थाले त्यसमा धक्का लागेकोे बताएका छन् । प्रधानमन्त्री हुनुपुर्व नै के के गरौँला भन्ने सपना बुनेको थिए भावुक हुँदै उनले भने, ‘भुइँचालोको अस्तव्यस्तताबाट उठ्न नपाउँदै सीमामा भएको अवरोधका कारण मेरा सबै सपना ध्वस्त भए ।’

‘अहिले म यस्तो गर्छु उस्तो गर्छु कसरी भन्नु दैनिक खर्बांैको क्षति भएको छ यसले समाजमा नकारात्मक असर पुग्दा मलाई पनि नराम्रो महसुस हुन्छ ।’ प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले आफ्ना भावना त्यसरी पोखे ।

प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको भूमिकालाई थप प्रभावकारी बनाउँदै प्रतिष्ठान गरगहनामा सजाउने मात्र नभै प्राज्ञिकहरूको संगठन भएकाले अहिलेको अवस्थामा थप जिम्मेबार भई काम गर्न आग्रह गरे ।

जनतामा सामाजिक सद्भाव कायम राख्दै आपसी एकता बढाउने कार्यका लागि पनि प्राज्ञिकहरूले काम गर्नुपर्नेको उनले बताए । विज्ञका विचार जनता माझ लगेर जनताका विचारलाइ पनि बुभ्mने कोशिस गर्न सके प्रज्ञा प्रतिष्ठानको गरिमा थप उचाइमा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । सोही अवसरमा कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानको क्षमतावृद्धि र कामलाई प्रभावकारी बनाउन बजेट बढाइनु पर्ने बताए । अहिले प्राप्त हुने ८ करोडले प्रभावकारी काम गर्न नसकिएको भन्दै उनले कम्तीमा पनि १५÷१६ करोड बजेट हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया