रियाद । साउदी अरेवियामा नगर परिषद्को निर्वाचनका लागि शनिबार बिहानैदेखि मतदान सुरु भएको छ । यस निर्वाचनमा महिलाले पनि मतदान गर्र्ने भएका छन् । साउदी अरेबीयामा महिलाले मतदान गर्न लागेको यो पहिलो पटक हो । यस पटक महिला पनि उम्मेदवार भएका छन् ।
महिला र पुरुषका लागि छुट्टाछुट्टै मतदानको व्यवस्था मिलाइएको छ । उनीहरूले शनीबार बिहान ८ बजेदेखि नै मतदान सुरु गरेका राजधानी रियादबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारमा जनाइए अनुसार शनिबार बिहान ८ बजे नै मतदानका लागि पुरुष मतदाता जम्मा भएका थिए । तर, उनीहरूले त्यती बिहानै महिला मतदाता देखेको बारेमा भने केही बताएका छैनन् । साउदी जस्तो मुस्लिम राष्ट्रमा महिलालाई सवारी चलाउन, मतदान गर्न तथा अरू पनि कैयौँ कार्यमा प्रतिबन्ध लगाउदै आइएको थियो । तथापी यसअघि नै अरू अरव मुलुकहरूले भने मतदानका लागि अनुमती पाएका थिए । महिलालाई मतदानमा अनुमती दिने यो नै अन्तिम देश भएको जनाइएको छ । मतदान शनिबार साँझ ५ बजेसम्मका लागि हो । यस अघि परिषद्को निर्वाचन सन् २००५ मा भएको थियो ।
त्यो समयमा महिलाले मताधीकार पाएका थिएनन् । उनीहरूले उम्मेदवारीको हक पनि पाएका थिएनन् । नगर परिषद्को निर्वाचनमा कम्तीमा पनि ९०० जना महिला उम्मेदवार बनेका छन् । उनीहरूका विरुद्धमा करिब ६ हजार जना पुरुष उम्मेदवार रहेका बताइएको छ ।
स्थानीय विकास अधिकार रहेको सो परिषद्को निर्वाचनमा २८४ जना उम्मेदवार छन् । यस परिषद्ले स्थानीय पूर्वाधारको विकासका साथै स्थानीय निकायको निर्माण गर्ने काम गर्छ । महिलालाई पनि मतदानको अधिकार दिएको विषयमा देशव्यापी रूपमा प्रचार नहुदा तथा महिला नै यसरी मतदानका विषयमा सुसूचित नहँुदा यस पटकका लागि मतदाता महिलाको संख्या निकै थोरै रहेको पाइएको छ । महिला अधिकारकर्मीहरूले पनि यो निर्वाचनमा सरकारी कर्मचारी तथा निर्वाचनका कर्मचारीहरूका कारण महिलालाई निर्वाचनमा उम्मेदवार बन्न तथा मतदाता सूचीमा उनीहरूको नाम लेख्न पनि असहयोग गरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार यस पटकको यस निर्वाचनमा महिला मतदाताहरूको संख्या देशमा १ जना वा त्यो भन्दा पनि कम रहेको बताएका छन् । विश्लेषकहरूले उम्मेदवार मध्येका अधिकांश महिला विजय पनि हुने अनुमान गरेका छन् ।
आइएसका ११ जना लडाकू मारिए बग्दाद । इस्लामिक अतिवादी समुह, आइएसमाथिको कारबाही जारी राखेको इराकी प्रहरी र आइएसका लडाकूबीचको भिडन्तका क्रममा इराकको अन्बर प्रान्तमा इस्लामिक अतिवादी समुहका ११ जना लडाकू मारिएका छन् । सो क्षेत्रमा इराकी सैनिकले आइएस विरुद्धको कारबाहीलाई जारी राखेको छ । सो कारबाही विगतका महिनाहरूदेखि नै जारी रहेको थियो । आइएसमाथि इराकी सुरक्षाकर्मीहरूले स्थलगत र हवाई कारबाही गरेका थिए । आइएसको खोजीका क्रममा इराकी सुरक्षाकर्मीहरूले शुक्रबार रातिबाट सो कारबाही गरेका समाचारमा जनाइएको छ ।
शुक्रबार रातिबाट थालिएको सो कारबाहीमा शनिबार बिहानसम्ममा ती लडाकू मारिएका हुन । इराकको पश्चिमी प्रान्त अन्बरको प्रान्तीय राजधानी सहर रमादीमा सो हमला भएको थियो । सो नगरमा विगतदेखि नै आइएसका लडाकूहरू लुकेर बस्ने गरेका छन् । स्थलगत कारबाहीका क्रममा आइएसका लडाकूसँग कैयौँ स्थानमा भिडन्त पनि भएको पनि समाचारमा जनाइएको छ । रमादी नजिकैको अलक्वाम नगरमा आइएसका लडाकूहरू लुकेर बस्ने गरेको भन्दै यसअघि पनि सेनाले कारबाही गरेको थियो । सो नगरमा इरानी सेनाले हवाई कारबाहीका क्रममा बमबारी गरेको थियो ।
त्यसैगरी रमादीबाट पश्चिमतर्फको अल्बुरिसा पुलमा सो हमला भएको थियो । उक्त हमलामा पनि केही लडाकू मारिएका बताइएको छ । तर पनि, ती लडाकूको बारेमा भने के कति संख्यामा छन् भन्ने केही बताइएको छैन ।
त्यसैगरी अन्बरकै अरू केही क्षेत्रमा पनि कारबाही जारी रहेको छ । इराकी सेनाले पछिल्लो समयमा आइएसका विरुद्धमा स्थलगत रूपमा पनि व्यापक मात्रामा कारबाही गर्ने गरेको छ । (एजेन्सी)
प्रतिक्रिया