जो युवा यो वर्ष छाए

kajalवर्ष २०१५ अन्तिम समयमा आइसकेको छ । बर्षको अन्त्य हुन २० दिन मात्र बाँकी छ । यो अन्तिम २० दिन पछि हामी अंग्रेजी क्यालेन्डरको नयाँ बर्षमा प्रबेश गर्ने छाँै । गत बर्ष नेपालीका लागि त्यती सुखद भएन । १२ र २९ बैशाखमा गएको भूकम्पका कारण थुप्रै नेपालीलले ज्यान गुमाए । यसरी ज्यान गुमाउनेमा केही खेलकर्मी रहे । सञ्चारकर्मी सुमन भोम्जन, भलबिलका तत्कालीन मुख्य प्रशिक्षक केशबलाल श्रेष्ठ र पारा खेलाडी जित बहादुर खड्का सहित थुप्रैले यो बर्ष ज्यान गुमाए । थुप्रैले परिवार विताए । थुप्रै घरबार बिहिन भए । यो पिडाबाट मुक्त हुदै करिब दुई महिना पछि नेपाली खेलकर्मी सामान्य जिवनमा फर्कीए । यो पिडाका कारण प्रदर्शनमा केही असर गरे पनि बर्षमा केही उत्कृष्ट प्रदर्शन देखिए । यी मध्य केही युवाले आशा लाग्दो भविश्य देखाए ।

भलीबलकी प्रतिभा माली यो बर्ष पनि छाइ रहिन् । उनी खेलेको प्राय प्रतियोगितामा उत्कृष्ट स्पाइकर हुन सफल भइन् । कम उमेरमै राष्ट्रिय टोलीमा पर्ने निश्चित भएकी प्रतिभासाली दक्षिण एसियाकै एक उत्कृष्ट ओपन स्पाइकर रहेको पनि चर्चा गरिन्छ । खास गरेर उनको ठिक निर्णय गर्न सक्ने क्षमताको सबैले तारिफ गर्ने गरेका छन् । उनकै बलमा न्यू डाइमन्ड स्पोर्ट्स एकडेमी प्रभाबशाली भलीबल शक्तिको रूपमा रहेको छ ।

यसै बर्ष मलेसियामा भएको प्रतियोगितामा कोटेश्वर तेक्वान्दो डोजांकी काजल श्रेष्ठले स्वर्ण पदक मात्र प्राप्त गरिनन् । उनी प्रतियोगिताको उत्कृष्ट फाइटर समेत घोषित भइन् । उनी निकट भविश्यमा राष्ट्रिय टोलीमा प्रबेश पाउने अपेक्षा गरिएको छ ।

बर्षको सुरुवातमा भारतमा हुने दिल्ली ओपन चेस प्रतियोगिता नेपालीका लागि महत्वपूर्ण मानिएको छ । गत बर्ष त्यसै प्रतियोगितामा नेपालका विवेक थिङ पाचाँै चरणसम्म अपराजित रहे । उनीसँगै अर्का युवा खेलाडी रुपेस जयसवालले पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरे । यी दुवै खेलाडी हाल मस्कोको बिश्व विद्यालयमा ग्रान्डमास्टर कोर्षमा सहभागि रहेका छन् ।

काजानमा भएको विश्व पौडी च्याम्पियनसिपमा नेपालबाट सहभागी ३ जना खेलाडीले राष्ट्रिय कीर्तिमान कायम गरे । गौरीका सिंह, शिरीष गुरुङ र स्नेहा शाहले काजानमा राष्ट्रिय कीर्तिमान कायम गरे । अन्तर्राष्ट्रिय स्तरमा एकदमै कमजोर रहँदै आएको नेपाली पौडी यी ३ को सफलतापछि अलिकती भए पनि आशावादी हुने ठाउँ देखिएको छ ।

रुषको काजानमा भएको १५औँ फिना विश्व पौडी च्याम्पियनसिपमा नेपाली पौडीले सन्तोष गर्ने ठाउँ भेटेको थियो । प्रतियोगितामा सहभागी ३ नै नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान गर्न सफल भए । ३ नै खेलाडी १५ वर्षभन्दा मुनिका भएका कारणले यिनको थप उन्नति हुने सम्भावनाले नेपाललाई अझ बढी आशावादी बनायो ।

यी ३ खेलाडीको पृष्ठभूमि भने अलि फरक थियो । स्नेहा र शिरीष ओलम्पिक परियोजनाअन्तर्गत विदेशमा प्रशिक्षण गरिरहेका खेलाडी हुन् भने गौरिका लन्डनमा बस्दै आएकी छिन् । प्रतियोगिताको दौरान मात्र नेपाल आउने गरेकी उनले हरेक प्रतियोगितामा आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान आफँैले भंग गर्दै आएकी छिन् । उनकी आमा गरिमा सिंहकै अनुसार उनी १६ वर्ष पार गर्दा बेलायतको राष्ट्रिय टोलीमा रहन सक्ने क्षमताकी हुने छिन् । त्यसो भएमा पनि गौरिकाले सधैँ नेपालको प्रतिनिधित्व गर्ने उनी बताउँछिन् । गरिमाकै कुरालाई आधार मान्दा गौरिका कमसेकम दक्षिण एसियाली वृत्तमा प्रभाव पार्नसक्ने खेलाडीको रूपमा स्थापित हुने छिन् ।

गएको वर्ष युवा टेनिस खेलाडीले पनि त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरे । कतारमा भएको एसियन जुनियर टेनिसमा नेपालले तेस्रो स्थान हात पा¥यो । टोलीमा रहेका संरक्षक भूषण बज्राचार्यले पनि त्यसपछि थाइल्यान्डमा भएको एक टेनिस प्रतियोगितामा स्वर्ण पदक जिते । उनको प्रदर्शनले अन्तर्राष्ट्रिय टेनिस जगत् पनि अचम्ममा प¥यो । उनको प्रदर्शनको त एसियाका लागि आइटिएफ डेभ्लपमेन्ट अफिसर सुरेश मेननले समेत खुलेर प्रशंसा गरेका छन् । महिलातर्फ ऐरा राउत र एनी माथेमा एसियाली स्तरको प्रतियोगितामा फाइनल प्रवेश गरे । थाइल्यान्डमा गत महिना प्रशिक्षणको दौरान भएको प्रतियोगितामा पनि नेपाली खेलाडीले उत्तिकै सानदार प्रदर्शन गरे ।

नेपाली तेक्वान्दोको विगत अत्यन्त गर्विलो छ । त्यो गर्विलो इतिहास र सनसनीपूर्ण प्रदर्शनको शृंखला खस्कँदै जादा मलेसियामा भएको एक प्रतियोगितामा काजल उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । जुनियर तहमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी काजल नै नेपाली तेक्वान्दोको भविष्यको स्टार हुनेमा धेरै जना आशाबादी रहेका छन् ।

जहाँसम्म जुडोको प्रसंग छ, राष्ट्रिय टोलीमा व्यापक परिवर्तन भयो । नयाँ पुस्ताको उदय भएको छ । यो नयाँ पुस्तामा मनीता प्रधान अर्की प्रतिभाशाली खेलाडीको रूपमा उदाइन् । यसै वर्ष चेसमा रूपेश जयसवाल र विवेक थिङले उत्कृष्ट प्रदर्शन गरे । एसियन जोनल थ्री प्वाइन्ट टुमा उत्कृष्ट प्रदर्शन गर्दै रूपेश फिडे मास्टर बन्न सफल भए । उनी यो वर्ष २२०० रेटिङ पार गर्न सफल भए । विवेकले भने भारतमा भएको दिल्ली ओपनको सुरुआतमा सानदार प्रदर्शन गरे ।

लगातार पाँच चरणसम्म अपराजित रहँदै उनले नेपालीको माझमा कीर्तिमान कायम गरे । यी दुवै खेलाडी विश्व बुद्धिचाल महासंघ (फिडे)का अध्यक्ष किर्सानको पहलमा रुसमा चेस छात्रवृत्ति पाएर अध्ययनका लागि गइसकेका छन् । ६ वर्षे कोर्स पूरा गरेर फर्कंदा यी दुवै खेलाडी ग्रान्डमास्टर हुने अपेक्षा नेपाल बुद्धिचाल संघले गरेको छ । यसै वर्ष एमच्योर च्याम्पियन भएका क्षितिज भण्डारी एक वर्षअघिसम्म नेपाली चेसमा चर्चामा रहेका थिएनन् । पछिल्लो समय उनको प्रदर्शनले क्षितिज पनि हेर्न लायक खेलाडीका रूपमा उदाउने सम्भावना देखिएको छ । उनी घरेलु बुद्धिचालमा प्रभाव जमाइरहेको थापाथली चेस पार्कका उत्पादन हुन् ।

प्रतिक्रिया