बारको परिषद बैठक सम्पन्न

काठमाडौं, २५ मंसिर । मानव नेपाल बार एसोसिएसनले आफ्नो ४३ आँै केन्द्रीय कार्यकारिणी परिषदको बैठक १४ बुँदे घोषणा पत्र जारी गर्दै समापन गरेको छ । मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी सँगै समापन भएको कार्यक्रममा जारी घोषणापत्रमा भारतले नाकाबन्दी नै लगाएको ठहर गर्दै भारतले लगाएको नाकाबन्दीलाई लिएर तत्काल अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरिएको छ ।

बारका महासचिव सुनीलकुमार पोखरेलले भारतले लगाएको नाकाबन्दीका विषयमा अन्तर्राष्ट्रियकरण गर्ने र नेपालको संविधानमा राखिएका मौलिक हक कार्यान्वयन गर्न तत्काल आवश्यक कानुन निर्माण गर्न पनि माग गरेको बताए ।
त्यस्तै, सर्वोच्च अदालतमा न्यायाधीश चाँडो नियुक्त गरी संक्रमणकालीन न्यायलाई जतिसक्दो छिटो निराकरण गर्न, भूकम्प पश्चातको पुनरनिर्माणलाई तत्काल सम्बोधन गर्न माग गरिएको छ । न्यायपालिकालाई विकृति÷विसंगतिविहीन बनाउन न्यायपालिकाका वर्तमान नेतृत्वले चालेका कदमलाई क्रियाशील बनाउनसमेत बैठकले अपिल गरेको छ । मधेस तराईमा देखिएको आन्दोलनका कारण मानवअधिकारको गम्भीर उल्लङ्घन भएकाले छानबिन गर्न न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया