आँखाका रोगी बढ्दै

काठमाडौं, २५ मंसिर । आँखाको रेटिनामा देखिने रोग भएका अधिकांश बेरामीमा मधुमेह रोग पनि देखिना थालेको छ । यसरी एक रोग सँगै अर्को रोगपनि थपिएपछि उपचारका लागि चाहिने उपकरण र मानव स्रोतको कमी भएको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् ।

काठमाडौं स्थित तिलगंगा आँखा प्रतिष्ठानले शुक्रबार आयोजना गरेको अन्तरक्रियामा तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले मधुमेह रोग एक जटिल र दीर्घ रोग भएकाले यसले शरीरका महत्वपूर्ण अंगमा असर पु¥याउँछ भन्दै सबै अस्पतालमा आवश्यक उपचार, उपकरण र दक्ष चिकित्सक नहुँदा समस्या बढ्दै गएको बताएका छन् ।

वीर अस्पतालका पूर्व नेत्र विभाग प्रमुख तथा नेपाल मधुमेह एसोसिएसनका उपाध्यक्ष प्रा. डा. मधुरदेव भट्टराईले तिलगंगा आँखा अस्पतालले सञ्चालन गरेको मधुमेह रेटिनोथेरापी कार्यक्रम निकै उपयोगी भएकाले यसलाई निरन्तरतादिई मधुमेह भएका गर्भवतीलाई अझ सचेत गराउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । वीर अस्पतालका निर्देशक प्रा. डा. स्वयम्प्रकाश पण्डितले मधुमेह रोग बढ्दै गएको यसबाट हुने अन्धोपनका बारेमा सबैमा सचेतना फैलाउन आवश्यक रहेको बताए । पाटन अस्पतालका डा. बुद्धि पौडेलले गर्भवतीमा मधुमेह रोग लागेसँगै बच्चामा हुने खतरा बढ्दै गएकाले सरकारले यससम्बन्धी आफ्ना कार्यक्रमलाई बढाएर देशैभरि सञ्चालन गर्न आवश्यक रहेको बताए ।

तिलगंगा आँखा प्रतिष्ठानले ३ वर्षदेखि मधुमेह रेटिनोपेथी कार्यक्रम गरेको र अब नेपाल सरकारसँग मिलेर कार्यक्रमलाई विस्तार गरिने जनाएको छ ।

प्रतिक्रिया