सपथग्रहणबारे विवाद

ब्युनर्सआयर्स । अर्जेन्टिनाकी राष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि किटरले पद त्याग गरेकी छन् । तथापि, उनी उत्तराधिकारी माउरिसियो मार्सीको पदभार ग्रहण कार्यक्रममा भने उपस्थित भइनन् । नवनियुक्त राष्ट्रपति र निर्वतमान राष्ट्रपतिबीच पदभार ग्रहणको कार्यक्रमको बारेमा नै विवाद भएको हो । राष्ट्रपति मर्सीे बुधबार उत्साहित हुँदै जनसभालाई सम्बोधन गरेर पदमा आसिन भए ।

पदभार ग्रहणपछि उनी राष्ट्रपति निसास गए । तथापि फर्नान्डेजले उनको पार्टीको बहुुमत रहेको कंग्रेसमै सपथ ग्रहण गर्नुपर्ने अडान लिएकी थिइन् । फर्नान्डेजले उनी र उनका श्रीमानले कंग्रेसमा अधिकार भएको जनाउँदै त्यही समथ हुनुपर्ने अडान लिएको बताइन् । मर्सीले भने सन् २००३ भन्दा अघिको भैmँ राष्ट्रपति भवनमै सपथ लिनुपर्ने अडान लिएका हुन् । (एजेन्सी)

प्रतिक्रिया