भेन्टीलेटर नबन्दा विरामी मारमा

काठमाडौं, मंसीर २४ । नेपालकै सबैभन्दा धेरै बिरामीको चाप हुने त्रिवि शिक्षण अस्पताल (टिचिङ) महारजगन्जमा तीन वटा भेन्टिलेटर बिग्रेको महिनौँ हुँदा समेत मर्मत भएको छैन् । भेन्टिेलेटरको अभावमा बिरामीहरुले महँगो तिरेर नीजि अस्पतालमा जान वाध्य बनाउन मर्मतमा चासो निदइएको सर्वसाधरणको आरोप छ ।

निजी अस्पतालमा समेत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको दबाबमा अस्पताल प्रशासनले बिग्रेका भेन्टिलेटर बनाउन कुनै चासो नदिएको आरोप सेवाग्राहीहरले लगाएका छन् ।

तीन महिनादेखी बिग्रेको भेन्टिलेटर नबनाउँदा केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले टिचिङमा उपचारका लागि आएका बिरामीलाई धमाधम आफु निकटका निजी अस्पतालमा पठाउँदै आइरहेको भन्दै उनीहरुले निजीमा अस्पतालमा पठाइएको बिरामीका आधारमा टिचिङका चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी अस्पतालबाट कमिसन लिँदै आइरहेको हुनसक्ने सम्म बताएका छन् ।

शिक्षण अस्पतालको कुल शैयाका आधारमा निकै कम संख्यामा भेन्टिलेटर राखेर जसोतसो चलाइएको आईसियू विभागमा लेभल–३ भेन्टिलेटर ११ वटा थिए । तिमध्ये ३ वटा बिग्रिएको हो । विभागले बिग्रिएको भेन्टिलेटर बनाउन पहल गरेको पनि महिनौँ वितिसककेको छ । तर प्रशासनले कुनै सुनुवाई गरेको छैन ।

सात सय ५० बेडको अस्पतालमा न्युनतम ७५ वटा आइसियु बेड हुनुपर्छ । तीमध्ये ५० वटा लेभल–३ आइसियु हुनुपर्ने बताइन्छ । यसअघिका निर्देशक डा भगवान कोइरालाका पालामा आइसियुको अभाव महसुस भएपछि ५२ बेडको योजना बनाएर पोष्ट अपरेसन भवनमा ‘आइसियु बनाइने’ भनेर टाँसिएको थियो । तर, अहिले भने उक्त टाँसिएको सूचना समेत उप्काएर योजना तुहाइएको छ । यसले आइसियुको अभावमा दैनिक रुपमा थुप्रै बिरामी निजी अस्पतालतिर रिफर गर्ने गरिएको छ ।

शिक्षण अस्पताल स्रोतका अनुसार मर्मतका लागि पहल गर्नुपर्ने ब्यक्तिहरुको निजी अस्पतालसँग मिलेमतो भएका कारण भेन्टिलेटर बिग्रे पनि वास्ता नगरिएको हो । अस्पतालका प्रशासन प्रमुख चन्द्रमणी शर्मा भने सरकारी नियम अनुसार काम गर्दा ढिलो भइरहेको बताउँछन् ।

प्रतिक्रिया