पारा तेक्वान्दो पदक विजेता सम्मानित

paraकाठमाडौं, २३ मंसिर । नेपाल तेक्वान्दो संघले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई बुधबार सम्मान गरेको छ । ताइवानमा अप्रिलमा भएको प्रथम एसियाली पारा तेक्वान्दोका काँस्य विजेता अरूण शाक्य तथा रुसमा सेप्टेम्बरमा भएको अन्तर्राष्ट्रिय व्हीलचेयर एन्ड एम्पुटिज गेम्स (आइवास) का काँस्य विजेता सीता भण्डारी र रञ्जना धामीलाई नगदसहित संघले सम्ममान ग¥यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले उनीहरूलाई सम्मानपत्र, जनही नगद १० हजार र तेक्वान्दो पोशाक प्रदान गरी सम्मान गरे । सोही अवसरमा टर्कीमा सेप्टेम्बरमा भएको छैटौं डब्लुटिएफ विश्व पारा तेक्वान्दोमा सहभागी खेलाडी सीता भण्डारी, अनिता थापा र चिन्ताबहादुर कुँवर, टिम प्रशिक्षक कल्याण कुँवर र व्यवस्थापक रवि थापा पनि सम्मानित भए ।

ताइवानको प्रतियोगितामा सहभागी खेलाडी हीरामणि अधिकारी, प्रशिक्षक यादव कुँवर र व्यवस्थापक कासिम मिया तथा रुसको प्रतियोगितमा सहभागी खेलाडी अनित थापा र चिन्ताबहादुर कुँवर, प्रशिक्षक मीनबहादुर थापा र व्यवस्थापक कासिम मियालाई पनि सम्मान गरिएको थियो । सो अवसरमा सीता, हीरामणि, रञ्जना, अनित र चिन्तालाई कुकिवानबाट प्राप्त पहिलो डानको प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया